Nepal Life

हृदयघातका कारण इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन

NMB Bank
  • BFIS News
  • 2026 Jan 11 15:23
हृदयघातका कारण इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन
National Life

काठमाडौं। इन्डियन आइडलका विजेता तथा चर्चित गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ। चलचित्रकर्मी राजेश घतानीका अनुसार तामाङको आज दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो।

Shikhar
NIMB

भारतीय टेलिभिजन रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करण जितेपछि तामाङ नेपाल र भारत दुवै देशमा व्यापक रूपमा चर्चित भएका थिए। उनले गाएका थुप्रै नेपाली गीतहरू श्रोतामाझ लोकप्रिय छन्।

इन्डियन आइडल जितेपछि सांगीतिक यात्रासँगै अभिनय क्षेत्रमा पनि सक्रिय रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित चलचित्र *‘ब्याटल अफ गलवान’*मा अभिनयरत थिए। उक्त चलचित्रको डबिङ कार्य भने बाँकी रहेको बताइएको छ।

तामाङले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै पार्श्व गायनसमेत गरेका छन्। पछिल्लो समय उनी दिल्लीमै बस्दै आएका थिए र त्यहीँ उनको निधन भएको हो।

उनको निधनले संगीत र चलचित्र क्षेत्रमा शोकको छायाँ छाएको छ। परिवारजन, कलाकार तथा प्रशंसकहरूले तामाङको सांगीतिक तथा कलात्मक योगदानलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया