NIMB Header 2
Nepal Life

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने, बैंक वित्तीय संस्थाले लगानी गर्न पाउने

Muktinath Bank
  • BFIS News
  • 2026 Jan 12 12:37
नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने, बैंक वित्तीय संस्थाले लगानी गर्न पाउने
National Life

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले एक वर्ष अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ छ’ आजदेखि जारी गर्न लागेको हो ।

Shikhar
NIMB

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार उक्त ऋणपत्रका लागि अनलाइनमार्फत आवेदन दिन सकिनेछ । तर, यस ऋणपत्रमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) ले मात्र सहभागी हुन पाउनेछन् ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सक्नेछन् । आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकका अनुसार ऋणपत्र निष्कासन मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा स्वीकृत बोल रकम रद्द गरिनेछ । साथै, त्यस्ता काउन्टरपार्टीलाई स्वीकृत बोल रकमको २.५० प्रतिशत दरले हर्जना लगाइनेछ भने ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन नपाउने गरी बन्देज लगाइनेछ ।

यसअघि केन्द्रीय बैंकले एक–एक वर्ष अवधिका तीनवटा ऋणपत्र जारी गरिसकेको छ । ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ । यस ऋणपत्रको सावाँ भुक्तानी २०८३ पुस २८ गते हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया