सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा एएमएल सिएफटी सम्बन्धी अन्तरक्रिया तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न
- BFIS News
- 2026 Jan 12 14:01
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका संस्थापक एवं आधारभूत शेयरधनीहरूलाई लक्षित गर्दै सम्पत्ति शुद्धिकरण निवारण (AML/CFT) सम्बन्धी अन्तरक्रिया तथा पुनर्ताजगी कार्यक्रमको आयोजना गरेको छ।
मिति २०८२ साल पौष २७ गते आइतबारका दिन लाजिम्पाटस्थित होटल र्याडिसनको ढुकुहलमा आयोजित उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो। कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरू, संस्थापक शेयरधनीहरू तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरू सहित करिब ६० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्रोत व्यक्तिका रूपमा नेपाल बीमा प्राधिकरण अन्तर्गत सम्पत्ति शुद्धिकरण शाखाका प्रमुख पदम प्रसाद सोडारीले सहभागिहरूलाई सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी ऐन, नियम, नीति तथा निर्देशनका विषयमा विस्तृत जानकारी प्रदान गरेका थिए। उनले बीमा क्षेत्रमा AML/CFT को महत्व, अनुपालनका दायित्व तथा व्यवहारिक कार्यान्वयनका पक्षहरूबारे प्रकाश पारेका थिए।
अन्तरक्रिया सत्रका क्रममा उपस्थित केही संस्थापक शेयरधनीहरूले आ–आफ्ना धारणा तथा जिज्ञासाहरू राखेका थिए, जसको उत्तर तथा स्पष्टिकरण स्रोत व्यक्तिबाट प्रदान गरिएको थियो।
कम्पनीले यस्ता कार्यक्रममार्फत संस्थागत सुशासन, पारदर्शिता तथा नियामक निकायका निर्देशनहरूको प्रभावकारी कार्यान्वयनमा थप सुदृढता ल्याउने विश्वास व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया