NIMB Header 2
Nepal Life

रिलायबल नेपाल लाइफको नवौं वार्षिक साधारणसभा सम्पन्न, १२ प्रतिशत नगद लाभांश पारित

Muktinath Bank
  • BFIS News
  • 2026 Jan 13 18:58
रिलायबल नेपाल लाइफको नवौं वार्षिक साधारणसभा सम्पन्न, १२ प्रतिशत नगद लाभांश पारित
National Life

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा मंगलबार काठमाडौंको एलिस रिसेप्सन, गैह्रीधारामा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश पारित गरेको छ।

Shikhar
NIMB

साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तको Statement of Financial Position, Statement of Cash Flow, Statement of Change in Equity, २०८१ श्रावण १ गतेदेखि २०८२ आषाढ मसान्तसम्मको Nepal Financial Reporting Standard (NFRS) अनुसारको Statement of Profit or Loss, Consolidated Statement of Other Comprehensive Income, Statement of Distributable Profit or Loss तथा संलग्न अनुसूचीहरू छलफल गरी पारित गरेको छ।

यसैगरी, कम्पनीको सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेडको आ.व. २०८१/०८२ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पनि सभाले पारित गरेको छ।

कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८२/०८३ का लागि लेखापरीक्षण समितिबाट सिफारिस गरिएका लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत स्वीकृत भएको छ। हालका लेखापरीक्षक श्री सुजन काफ्ले एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्तिका लागि योग्य रहेको कम्पनीले जनाएको छ।

सभाले कम्पनीको आ.व. २०८१/०८२ सम्मको वितरणयोग्य मुनाफाबाट वार्षिक साधारणसभाका लागि शेयरधनी दर्ता किताब बन्द हुँदा कायम रहेका शेयरधनीहरूलाई कुल रु. ६२,३६,३९,३८५।६० (अक्षरेपी बैसठ्ठी करोड छत्तीस लाख उनन्चालीस हजार तीन सय पचासी रुपैयाँ साठी पैसा) नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया