Nepal Life

नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश प्रस्ताव पारित

NMB Bank
  • BFIS News
  • 2026 Jan 14 17:02
नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश प्रस्ताव पारित
National Life

काठमाडौं । नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँटअन्तर्गत प्रस्तावित पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Shikhar
NIMB

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरेको छ । साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि पारित गरिएको छ ।

सभामा अध्यक्ष घिमिरेले कोषका कार्यक्रममा हालसम्म नसमेटिएका स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका सर्वसाधारणलाई समेट्ने उद्देश्यसहित नागरिक पेन्सन योजनालाई प्रवर्द्धन गर्दै लैजाने योजना रहेको बताए । उनले आगामी दिनमा बचत संकलनको दायरा विस्तार गर्दै जानेमा कोष केन्द्रित रहने स्पष्ट पारे ।

उनका अनुसार कोषले नेपाल सरकारका प्राथमिकतामा रहेका परियोजनामा लगानी बढाउने, सहभागी कर्जाको दायरा विस्तार गर्ने, सेयर धितो कर्जा उपलब्ध गराउने तथा जोखिम विश्लेषणका आधारमा उपयुक्त पूर्वाधारसम्बन्धी परियोजनामा लगानी विस्तार गर्ने नीति लिएको छ ।

साधारणसभामा सेयरधनीहरूले उठाएका जिज्ञासाको जवाफ कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले दिएका थिए । उनले कोषको वर्तमान अवस्था स्पष्ट पार्दै सेयरधनीहरूबाट प्राप्त सुझाव तथा जिज्ञासालाई आगामी दिनमा क्रमशः सम्बोधन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यकारी निर्देशक कार्कीले नागरिक लगानी कोष ऐनले तोकेको समयावधिभित्र नै साधारणसभा आयोजना गर्न कोष गत वर्षदेखि सफल हुँदै आएको जानकारी दिए । डिजिटल युगको आवश्यकता अनुसार कोषले पनि आफ्नो सेवा तथा कार्यप्रणालीलाई डिजिटल माध्यमतर्फ उन्मुख गरिरहेको उनले बताए ।

हाल देशमा अधिक तरलताको अवस्था रहेकाले कोषको मौज्दात रकम पूर्ण रूपमा परिचालन गर्न चुनौती देखिएको उल्लेख गर्दै उनले लगानी विविधीकरणका लागि विभिन्न नीतिगत व्यवस्था गरिएको बताए । साथै नागरिक लगानी कोष ऐन संशोधनको प्रक्रिया अघि बढाइएको, विभिन्न जलविद्युत् आयोजनामा लगानीका लागि तयारी भइरहेको तथा उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न आवश्यक गृहकार्य भइरहेको जानकारी पनि उनले दिए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया