NIMB Header 2
Nepal Life

राष्ट्रिय गौरवको आयोजना मध्य भोटेकोशीको अध्यक्षमा तुलसीराम ढकाल चयन

Muktinath Bank
  • BFIS News
  • 2026 Jan 14 17:15
राष्ट्रिय गौरवको आयोजना मध्य भोटेकोशीको अध्यक्षमा तुलसीराम ढकाल चयन
National Life

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले कम्पनीको नयाँ नेतृत्व चयन गरेको छ। कम्पनीको ३८८औँ सञ्चालक समितिको बैठकको निर्णयअनुसार चिलिमे जलविद्युत कम्पनीको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा आबद्ध नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाललाई मध्य भोटेकोशी जलविद्युत कम्पनीको अध्यक्षमा चयन गरिएको हो।

Shikhar
NIMB

कम्पनीका अनुसार ढकाललाई वि.सं. २०८२ साल पुस २९ गते औपचारिक रूपमा अध्यक्षमा नियुक्त गरिएको हो। यसअघि अध्यक्ष रहेका सुभाष कुमार मिश्र उमेर हदका कारण नेपाल विद्युत प्राधिकरणबाट अवकाश पाएसँगै अध्यक्ष पद रिक्त रहेको थियो। रिक्त पदमा सञ्चालक समितिका सदस्य ढकाललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरिएको कम्पनीले जनाएको छ।

सिन्धुपाल्चोक जिल्लाबासी तथा सर्वसाधारणको उल्लेखनीय सेयर लगानीमा स्थापना भएको मध्य भोटेकोशी जलविद्युत कम्पनी १०२ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना हो। आयोजनाबाट वार्षिक करिब ५९ करोड युनिट बिक्रीयोग्य विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ।

चिलिमे जलविद्युत पावर कम्पनीको नेतृत्वमा निर्माण सम्पन्न भएको यो आयोजना सिन्धुपाल्चोक जिल्लाकै सबैभन्दा ठूलो जलविद्युत आयोजना मानिन्छ। आयोजनाको बाँध मार्मिङ–९ चाकु क्षेत्रमा रहेको छ भने पावरहाउस जम्बु क्षेत्रमा निर्माण गरिएको छ। आयोजनामा करिब ७.२ किलोमिटर लामो सुरुङमार्ग निर्माण गरिएको छ।

विभिन्न प्राकृतिक विपत्ति, प्राविधिक चुनौती, भौगोलिक कठिनाइ तथा अन्य अवरोध पार गर्दै आयोजना निर्माण सुरु गरेको करिब १४ वर्षपछि अन्ततः वि.सं. २०८२ साल भदौ महिनाबाट परीक्षण उत्पादन सुरु गर्न सफल भएको हो। लामो समयको प्रतीक्षा र संघर्षपछि आयोजना सञ्चालनमा आउनु ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

नवनियुक्त अध्यक्ष ढकालले आयोजना सफलतापूर्वक सम्पन्न भई परीक्षण उत्पादन सुरु भएकै समयमा नेतृत्वको जिम्मेवारी पाएका छन्। उनले आफूलाई विश्वास गरेर गहन जिम्मेवारी प्रदान गर्ने सञ्चालक समिति तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा व्यावसायिक उत्पादनलाई प्रभावकारी बनाउने, सुशासन कायम गर्ने र सेयरधनीको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मध्य–भोटेकोशी जलविद्युत आयोजना सञ्चालनमा आएसँगै राष्ट्रिय विद्युत प्रणालीमा थप ऊर्जा आपूर्ति भई ऊर्जा आयात न्यूनीकरण तथा स्थानीय आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया