NIMB Header 2
Nepal Life

राष्ट्रिय आर्थिक गणना २०८२ का लागि हजारौँ जनशक्ति माग, २१ दिनभित्र अनलाइन आवेदन

National Life
  • BFIS News
  • 2026 Jan 15 10:54
राष्ट्रिय आर्थिक गणना २०८२ का लागि हजारौँ जनशक्ति माग, २१ दिनभित्र अनलाइन आवेदन
Sanima Reliance

काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ का लागि स्थलगत तथ्याङ्क संकलन तथा सुपरिवेक्षण कार्य सञ्चालन गर्न हजारौँको संख्यामा करार सेवामा जनशक्ति आह्वान गरेको छ। नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयअन्तर्गत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो पटक २०८२ माघ १ गते सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूलाई २१ दिनभित्र अनलाइन माध्यमबाट दरखास्त दिन आग्रह गरेको हो।

Shikhar
NIMB

सूचनाअनुसार आर्थिक गणनाका लागि सुपरिवेक्षक र गणक पदमा करार सेवामा जनशक्ति लिइनेछ। सुपरिवेक्षक पदका लागि ५२६ जना माग गरिएको छ भने गणक पदमा ३,९१३ जना आवश्यक रहेको कार्यालयले जनाएको छ। यी जनशक्ति सम्बन्धित जिल्ला आर्थिक गणना कार्यालयमार्फत साढे दुई महिनाको अवधिका लागि करारमा नियुक्त गरिनेछन्।

सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण हुनुपर्ने योग्यता तोकिएको छ। यस पदमा रा.प.अनं. प्रथम श्रेणीको सुरु तलब स्केल बराबर मासिक ३४,७३० रुपैयाँ सेवा सुविधा प्रदान गरिनेछ। छनौट प्रक्रिया सर्टलिस्टिङ र अन्तर्वार्तामार्फत हुने सूचनामा उल्लेख छ।

यस्तै, गणक पदका लागि १०+२ (प्रमाणपत्र तह) वा सो सरह उत्तीर्ण न्यूनतम योग्यता आवश्यक पर्नेछ। गणकलाई रा.प.अनं. द्वितीय श्रेणीको सुरु तलब स्केल बराबर मासिक ३२,९०२ रुपैयाँ उपलब्ध गराइनेछ। यस पदमा छनौट अन्तर्वार्तामार्फत गरिनेछ।

कार्यालयले म्याद नाघी वा रित नपुगी प्राप्त दरखास्तमाथि कुनै कारबाही नहुने स्पष्ट पारेको छ। अनलाइन दरखास्तका लागि सूचनामा उल्लेख गरिएको लिङ्क वा QR कोड प्रयोग गर्न सकिनेछ।

यस सम्बन्धी थप विवरण तथा आवेदन प्रक्रिया राष्ट्रिय तथ्याङ्क कार्यालयको आधिकारिक वेबसाइट www.nsonepal.gov.np मा हेर्न सकिने जनाइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया