Nepal Life

माघ महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाए, ११ ले घटाउदा अन्यको स्थिर

NMB Bank
  • BFIS News
  • 2026 Jan 15 11:38
माघ महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाए, ११ ले घटाउदा अन्यको स्थिर
National Life

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक दरअनुसार अधिकांश बैंकहरूले पुसको तुलनामा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्।

Shikhar
NIMB

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ११ वटा बैंकले ब्याजदर घटाएका छन् भने बाँकी बैंकहरूले पुस महिनाकै दरलाई निरन्तरता दिएका छन्।

ब्याजदर घटाउने बैंकहरूमध्ये हिमालयन बैंक र माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै कटौती गरेका छन्। दुवै बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.५ प्रतिशत बिन्दुले घटाएका हुन्।

यता ग्लोबल आइएमई बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल बैंक, एनआइसी एशिया बैंक, एनएमबी बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा प्राइम कमर्सियल बैंकले भने पुस महिनाकै ब्याजदरलाई कायम राखेका छन्।

बैंकहरूले पछिल्लो समय तरलताको अवस्था सहज हुँदै गएको र कर्जाको माग अपेक्षाकृत कमजोर रहेको कारण ब्याजदर घट्दै गएको बैंकिङ क्षेत्रका जानकारहरूको भनाइ छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया