NIMB Header 2
Nepal Life

बैंक वित्तीय संस्थाले पाँच महिनाको नाफाबाट कर्मचारीका लागि ४ अर्ब ३९ करोड बोनस छुट्याए

National Life
  • BFIS News
  • 2026 Jan 16 06:22
बैंक वित्तीय संस्थाले पाँच महिनाको नाफाबाट कर्मचारीका लागि ४ अर्ब ३९ करोड बोनस छुट्याए
Sanima Reliance

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको मुनाफाबाट बैंक तथा वित्तीय संस्थाले कर्मचारीका लागि कुल ४ अर्ब ३९ करोड रुपैयाँ बोनस प्रोभिजनिङ गरेका छन्। यस अवधिमा वाणिज्य बैंकहरूले मात्र २८ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्।

Shikhar
NIMB

मुनाफाको आधारमा सबैभन्दा अगाडि नबिल बैंक रहेको छ। बैंकले पाँच महिनामा ३ अर्ब ११ करोड रुपैयाँ मुनाफा आर्जन गर्दै कर्मचारीका लागि ४९ करोड ५८ लाख रुपैयाँ बोनस छुट्याइसकेको छ। यसबाट चालु वर्षमा पनि नबिल बैंकका कर्मचारीले आकर्षक बोनस पाउने संकेत देखिएको छ।

दोस्रो धेरै मुनाफा कमाउने ग्लोबल आइएमई बैंकले ३ अर्ब २२ करोड रुपैयाँ नाफाबाट ४९ करोड ३० लाख रुपैयाँ बोनसका लागि प्रोभिजनिङ गरेको छ। तेस्रो स्थानमा रहेको प्राइम कमर्सियल बैंकले १ अर्ब ९२ करोड रुपैयाँ नाफाबाट ३० करोड ४८ लाख रुपैयाँ बोनस छुट्याएको छ।

त्यसैगरी, कुमारी बैंकले १ अर्ब ५२ करोड रुपैयाँ नाफाबाट ३० करोड १६ लाख रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ८९ करोड रुपैयाँबाट ३० करोड रुपैयाँ बोनस प्रोभिजनिङ गरेका छन्। एनएमबी बैंकले १ अर्ब ६५ करोड रुपैयाँ नाफाबाट २६ करोड २८ लाख रुपैयाँ छुट्याएको छ भने प्रभु बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफाबाट २२ करोड १२ लाख रुपैयाँ बोनसका लागि व्यवस्था गरेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पाँच महिनामा आर्जन गरेको १ अर्ब २३ करोड रुपैयाँ नाफाबाट १९ करोड ७६ लाख रुपैयाँ बोनस प्रोभिजनिङ गरेको छ। त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफाबाट १८ करोड ४७ लाख रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएको छ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई बोनस वितरण गर्ने व्यवस्था बोनस ऐन, २०५५ अनुसार गरिएको हो। ऐनअनुसार बैंकहरूले आफ्नो खुद नाफाको कम्तीमा १० प्रतिशत रकम कर्मचारी बोनसका लागि छुट्याउनुपर्ने प्रावधान छ। यो बोनस कर्मचारीले तलब तथा भत्ताबाहेक थप आम्दानीका रूपमा प्राप्त गर्छन्।

बोनसको मात्रा बैंकको कुल नाफा, कर्मचारीको कार्यसम्पादन तथा सम्बन्धित बैंकको आन्तरिक बोनस विनियमावलीका आधारमा निर्धारण हुन्छ। केही बैंकहरूले नाफा र आन्तरिक नीतिअनुसार १२ देखि १७ महिनासम्मको तलब बराबर बोनस वितरण गरेका उदाहरण पनि छन्।

आर्थिक वर्ष समाप्त भएपछि अन्तिम नाफाको विवरण सार्वजनिक भएसँगै बैंकहरूले बोनस वितरण प्रक्रिया अघि बढाउने गर्दछन्। यो रकम कर्मचारीलाई नगद वा अन्य सुविधाका रूपमा उपलब्ध गराइने व्यवस्था छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया