NIMB Header 2
Nepal Life

स्थानीय उद्यम प्रवर्द्धनमा ग्लोबल आइएमई बैंकको ५० औँ हाट बजार

Muktinath Bank
  • BFIS News
  • 2026 Jan 16 07:32
स्थानीय उद्यम प्रवर्द्धनमा ग्लोबल आइएमई बैंकको ५० औँ हाट बजार
National Life

काठमाडौं । ग्लोबल आइएमई बैंकले स्थानीय लघु, साना तथा मझौला उद्योग (MSMEs) को प्रवर्द्धन गर्ने उद्देश्यसहित शुक्रबार, माघ २, २०८२ मा ५० औँ ग्लोबल हाट बजार आयोजना गर्ने भएको छ। साप्ताहिक रूपमा सञ्चालन हुँदै आएको यो कार्यक्रम स्थानीय उद्यमीहरूका लागि आफ्ना रैथाने तथा दिगो उत्पादनहरू प्रदर्शन र बिक्री गर्ने प्रभावकारी माध्यमका रूपमा स्थापित हुँदै आएको बैंकले जनाएको छ।

Shikhar
NIMB

सबैको निरन्तर उत्साह र सक्रिय सहभागिताका कारण ग्लोबल हाट बजार स्थानीय उद्योगहरूलाई बजारसम्म पहुँच गराउने एक शक्तिशाली प्लेटफर्म बनेको बैंकको भनाइ छ। यस कार्यक्रममार्फत साना तथा मझौला उद्यमीहरूले आफ्ना उत्पादनलाई प्रत्यक्ष उपभोक्तासम्म पुर्‍याउने अवसर पाउँदै आएका छन्।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेम्मीले ग्लोबल हाट बजार कार्यक्रमको ५० औँ संस्करणमा पुग्नु बैंकका लागि गर्व र सुखद क्षण भएको बताए। उनले साना तथा मझौला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले ६ नोभेम्बर २०२४ देखि सञ्चालनमा ल्याइएको यो कार्यक्रम आज जनवरी १६, २०२६ अर्थात् २०८२ साल माघ २ गते ५० औँ संस्करणमा आइपुगेको उल्लेख गरे।

रेम्मीले यस यात्रामा निरन्तर साथ, सहयोग र सहभागिता जनाउने सम्पूर्ण व्यक्ति तथा उद्यमीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै बैंक केवल कर्जा प्रवाहमा मात्र सीमित नरही उद्यमीहरूको चौतर्फी विकास, व्यावसायिक सीप अभिवृद्धि तथा बजारीकरणका लागि पनि सहकार्य गर्दै आएको बताए। बैंकको सामाजिक उत्तरदायित्वलाई समेत मनन गर्दै यस्ता कार्यक्रम अघि बढाइएको उनको भनाइ छ।

उनले ग्लोबल हाट बजारप्रति सबैको साथ, समर्थन र विश्वास आगामी दिनमा अझ बढ्दै जाने विश्वास व्यक्त गर्दै भविष्यमा हजारौँ हाट बजारको उत्सव मनाउन सकिने आशा व्यक्त गरे। साथै, यो प्लेटफर्मले साना तथा मझौला उद्यमहरूलाई डिजिटल भुक्तानी प्रणालीतर्फ अभ्यस्त गराउँदै उनीहरूको व्यापारलाई थप सहज र सुरक्षित बनाउने अभ्यासको रूपमा पनि काम गर्ने उनले बताए।

हालसम्म ५० औँ संस्करणमा सहभागी उद्यमीहरूले लाखौँ रुपैयाँ बराबरको कारोबार गरिसकेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत रेम्मीले आगामी दिनहरूमा यस हाट बजारलाई अझ विस्तारित र व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। अन्त्यमा उनले यस्ता पहलहरूले उद्यमशीलताको यात्रामा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्दै सबैलाई शुभकामना समेत दिए।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया