Nepal Life

निर्वाचन आयोगद्वारा नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता

NMB Bank
  • BFIS News
  • 2026 Jan 16 20:18
निर्वाचन आयोगद्वारा नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता
National Life

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई औपचारिक मान्यता दिएको छ। शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र पार्टी विधानअनुसार वैध ठहर गर्दै, त्यहाँबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।

Shikhar
NIMB

आयोगको यस निर्णयसँगै विशेष महाधिवेशनलाई मान्यता दिन नहुने भन्दै शेरबहादुर देउवा समूहले गरेको दाबी स्वतः अस्वीकृत भएको छ। आयोगले विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूलाई वैधानिक मानेपछि पार्टीभित्र देखिएको विवादको एक पक्षमा स्पष्टता आएको छ।

अब पार्टीभित्र प्रत्यक्ष मनोनयनदेखि अन्य सांगठनिक काम कारबाहीसम्म गगन विश्व समूहको निर्णय र गतिविधिहरू आधिकारिक रूपमा मान्य हुने भएका छन्। आयोगको निर्णयपछि नेपाली कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक गतिविधिमा प्रभाव पर्ने देखिएको छ।

यस विषयमा नेपाली कांग्रेसका विभिन्न पक्षबाट प्रतिक्रिया आउन थालेका छन् भने आगामी दिनमा पार्टीको संगठनात्मक संरचना र निर्णय प्रक्रियामा नयाँ दिशा तय हुने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया