NIMB Header 2
Nepal Life

रास्वपाले काठमाडौंका ८ क्षेत्रमा उम्मेदवार टुंग्यायो, ४ र ५ बाँकी

Muktinath Bank
  • BFIS News
  • 2026 Jan 19 18:22
रास्वपाले काठमाडौंका ८ क्षेत्रमा उम्मेदवार टुंग्यायो, ४ र ५ बाँकी
National Life

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ८ वटा क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। क्षेत्र नम्बर ४ र ५ बाहेक अन्य सबै क्षेत्रमा उम्मेदवार तय भएको पार्टीले जनाएको छ।

Shikhar
NIMB

काठमाडौं क्षेत्र नम्बर १ मा रञ्जु दर्शना उम्मेदवार बनेकी छन्। यसअघि उनी रास्वपाको समानुपातिक सूचीमा रहेकी थिइन्। तर पछि समानुपातिक सूचीबाट उनको नाम हटाइएको थियो।

क्षेत्र नम्बर २ मा सुनिल केसी उम्मेदवार बनेका छन्। उनी हाल राप्रपाबाट बागमती प्रदेश सभा २ (१) का सांसद हुन्। क्षेत्र नम्बर ३ मा काठमाडौं महानगरपालिकाका पूर्व महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले टिकट पाएका छन्।

रास्वपाले क्षेत्र नम्बर ४ र ५ मा भने उम्मेदवार टुंग्याउन बाँकी रहेको छ। क्षेत्र नम्बर ५ मा सस्मित पोखरेललाई उम्मेदवार बनाउने तयारी भइरहेको एक नेताले जानकारी दिएका छन्। यद्यपि अन्तिम निर्णयमा नाम परिवर्तन हुन सक्ने उनले बताए।

यसैगरी, क्षेत्र नम्बर ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठ उम्मेदवार बनेका छन्। क्षेत्र नम्बर ९ मा डिपी अर्याल (डोलप्रसाद) र क्षेत्र नम्बर १० मा प्रदीप विष्ट उम्मेदवार बन्ने भएका छन्।

रास्वपाले बाँकी दुई क्षेत्रमा पनि छिट्टै उम्मेदवार टुंग्याउने तयारी गरिरहेको जनाएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया