Nepal Life

रास्वपाले काठमाडौंका ८ क्षेत्रमा उम्मेदवार टुंग्यायो, ४ र ५ बाँकी

NMB Bank
  • BFIS News
  • 2026 Jan 19 18:22
रास्वपाले काठमाडौंका ८ क्षेत्रमा उम्मेदवार टुंग्यायो, ४ र ५ बाँकी
National Life

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ८ वटा क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। क्षेत्र नम्बर ४ र ५ बाहेक अन्य सबै क्षेत्रमा उम्मेदवार तय भएको पार्टीले जनाएको छ।

Shikhar
NIMB

काठमाडौं क्षेत्र नम्बर १ मा रञ्जु दर्शना उम्मेदवार बनेकी छन्। यसअघि उनी रास्वपाको समानुपातिक सूचीमा रहेकी थिइन्। तर पछि समानुपातिक सूचीबाट उनको नाम हटाइएको थियो।

क्षेत्र नम्बर २ मा सुनिल केसी उम्मेदवार बनेका छन्। उनी हाल राप्रपाबाट बागमती प्रदेश सभा २ (१) का सांसद हुन्। क्षेत्र नम्बर ३ मा काठमाडौं महानगरपालिकाका पूर्व महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले टिकट पाएका छन्।

रास्वपाले क्षेत्र नम्बर ४ र ५ मा भने उम्मेदवार टुंग्याउन बाँकी रहेको छ। क्षेत्र नम्बर ५ मा सस्मित पोखरेललाई उम्मेदवार बनाउने तयारी भइरहेको एक नेताले जानकारी दिएका छन्। यद्यपि अन्तिम निर्णयमा नाम परिवर्तन हुन सक्ने उनले बताए।

यसैगरी, क्षेत्र नम्बर ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठ उम्मेदवार बनेका छन्। क्षेत्र नम्बर ९ मा डिपी अर्याल (डोलप्रसाद) र क्षेत्र नम्बर १० मा प्रदीप विष्ट उम्मेदवार बन्ने भएका छन्।

रास्वपाले बाँकी दुई क्षेत्रमा पनि छिट्टै उम्मेदवार टुंग्याउने तयारी गरिरहेको जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया