Nepal Life

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिए राजीनामा, रास्वपाबाट ललितपुर २ मा उम्मेदवार बन्ने

NMB Bank
  • BFIS News
  • 2026 Jan 19 18:29
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिए राजीनामा, रास्वपाबाट ललितपुर २ मा उम्मेदवार बन्ने
National Life

काठमाडौं, सोमबार।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन्। प्रधानमन्त्रीको सचिवालयले खरेलको राजीनामा प्राप्त भएको पुष्टि गरेको छ।

Shikhar
NIMB

खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर–२ मा उम्मेदवार बन्ने तयारीमा रहेका छन्। भोलि उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले उनले मन्त्री पदबाट राजीनामा दिएको बताइएको छ।

सञ्चारकर्मीको पृष्ठभूमि भएका खरेल गत असोज ६ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त भएका थिए। मन्त्री पदमा रहँदा उनले सूचना प्रविधि र सञ्चार क्षेत्रका विविध विषयमा काम अघि बढाएका थिए।

उनको राजीनामासँगै सञ्चार मन्त्रालयको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा चासो बढेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया