Nepal Life

आन्तरिक विवादकै बीच कांग्रेसको उम्मेदवार टुंगो, हिमाली जिल्लामा टिकट वितरण

NMB Bank
  • BFIS News
  • 2026 Jan 19 18:56
आन्तरिक विवादकै बीच कांग्रेसको उम्मेदवार टुंगो, हिमाली जिल्लामा टिकट वितरण
National Life

काठमाडौं। नेपाली कांग्रेसले पार्टीभित्र टिकट वितरणलाई लिएर विवाद चर्किरहेका बेला विकट भूगोल भएका जिल्लाहरूका उम्मेदवार टुंगो लगाएको छ। सभापति गगन थापाको नेतृत्वमा सोमबार बसेको कांग्रेस संसदीय बोर्डको बैठकले हिमाली तथा दुर्गम जिल्लाहरूमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गरेको हो।

Shikhar
NIMB

कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि तत्कालीन संस्थापन पक्षले आधिकारिकताको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ। यसैबीच, डा. शेखर कोइराला समूहले भने पार्टीको चुनाव चिह्न ‘रुख’लाई सहयोग गर्ने घोषणा गरिसकेको छ। यस्तो राजनीतिक अन्योलका बीच पनि कांग्रेसले चुनावी तयारीलाई निरन्तरता दिँदै उम्मेदवार टुंगो लगाएको हो।

बाँडिएको टिकटअनुसार हुम्लाबाट जयपति रोकायालाई उम्मेदवार बनाइएको छ भने मुगुमा खड्गबहादुर शाहीले टिकट पाएका छन्। डोल्पाबाट कर्णबहादुर बुढा, कालीकोटबाट हर्ष बम र जुम्लाबाट दीपबहादुर शाहीलाई उम्मेदवार बनाइएको छ।

यस्तै, रोल्पाबाट डा. सुधन कुमार ओली, प्युठानबाट डा. गोविन्दराज पोखरेल र बाजुराबाट जनक गिरीले टिकट पाएका छन्। पूर्वी रुकुमबाट कुसुम थापा मगर उम्मेदवार चयन भएकी छन्।

पूर्वी पहाडी जिल्लातर्फ ताप्लेजुङबाट गजेन्द्र तुम्येहाङ, पाँचथरबाट नरेन्द्र केरुङ, तेह्रथुमबाट सन्तोष सुब्बा र धनकुटाबाट दिनेश राईलाई टिकट दिइएको छ। बैतडीमा चतुरबहादुर चन्द कांग्रेसका उम्मेदवार बनेका छन्।

कर्णाली प्रदेश अन्तर्गत दैलेख–१ बाट दिक्पाल शाही र दैलेख–२ बाट बासना थापाले टिकट पाएका छन् भने सल्यानबाट केशबहादुर विष्ट उम्मेदवार चयन भएका छन्।

पार्टीभित्रको आन्तरिक विवाद कायमै रहे पनि दुर्गम जिल्लामा उम्मेदवार टुंग्याएर कांग्रेसले निर्वाचनमा संगठित रूपमा अघि बढ्ने संकेत दिएको छ।

यस्तो छ सूची 

ताप्लेजुङ- गजेन्द्र तुम्येहाङ
पाँचथर- नरेन्द्र केरूङ
बैतडी- चतुर बहादु चन्द 
तेह्रथुम- सन्तोष सुब्बा
धनकुटा- दिनेश राई
हुम्ला-जयपति रोकाया
मुगु- खड्ग बहादुर 
जुम्ला- दीप बहादुर शाही
डोल्पा-कर्ण बहादुर बुढा
कालिकोट- हर्ष बम
दैलेख – १ दिक्पाल शाही
दैलेख – २ बासना थापा 
सल्यान- केश बहादुर विष्ट
बाजुरा- जनक गिरी
पूर्वी रूकुम- कुसुम थापा मगर
रोल्पा- डा सुधन कुमार ओली
प्युठान- डा.गोविन्दराज पोखरेल

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया