Nepal Life

मनाङमा राश्वपा उम्मेदवार मोबाइल स्वीच अफ पारेर टाप, कांग्रेस एमालेबीच मुख्य प्रतिस्पर्धा

NMB Bank
  • BFIS News
  • 2026 Jan 20 19:24
मनाङमा राश्वपा उम्मेदवार मोबाइल स्वीच अफ पारेर टाप, कांग्रेस एमालेबीच मुख्य प्रतिस्पर्धा
National Life

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मनाङमा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी नदिएको छ । मंगलबारसम्म मनाङमा जम्मा पाँच जनाले मात्र मनोनयन दर्ता गराएका छन् ।

Shikhar
NIMB

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट निवर्तमान सांसद टेकबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेबाट पोल्देन छोपाङ गुरुङ चुनावी मैदानमा उत्रिएका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट यशोदा गुरुङ सुवेदीले उम्मेदवारी दर्ता गराएकी छन् । यशोदा पहिलोपटक प्रत्यक्ष निर्वाचनमा सहभागी भएकी हुन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कुविरसिंह गुरुङ र मंगोल नेशनल अर्गानाइजेशनबाट रामबहादुर घलेले पनि उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म मनाङमा पाँच जनाको मनोनयन दर्ता भएको छ ।

मनाङमा मुख्यतः नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ यसअघि २०७९ को निर्वाचनमा कांग्रेसका टेकबहादुर गुरुङसँग पराजित भएका थिए । यसपटक पनि यी दुई चिरपरिचित प्रतिद्वन्द्वीबीच नै मुख्य भिडन्त हुने अनुमान गरिएको छ ।

यता, रास्वपाका गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठीका अनुसार मनाङका लागि अनिल गुरुङलाई टिकट दिइएको थियो । “उहाँलाई टिकट दिइएको हो, तर अहिले उहाँको मोबाइल स्विच अफ छ,” त्रिपाठीले भने, “साथीहरूसँग बुझ्न जाँदै हुनुहुन्छ भन्ने सुनेको छु ।”

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया