Nepal Life

माविलुङ्ग इनर्जीको ७५ हजार २३६ कित्ता शेयरको लकइन अवधि फागुन ८ मा सकिँदै

NMB Bank
  • BFIS News
  • 2026 Jan 21 11:51
माविलुङ्ग इनर्जीको ७५ हजार २३६ कित्ता शेयरको लकइन अवधि फागुन ८ मा सकिँदै
National Life

काठमाडौं। माविलुङ्ग इनर्जी लिमिटेडले सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको शेयरको लकइन अवधि आगामी फागुन ८ गते समाप्त हुने भएको छ।

Shikhar
NIMB

कम्पनीले जारी गरेको सार्वजनिक सूचनाअनुसार सर्वसाधारणका लागि शेयर बाँडफाँट भएको मितिदेखि ६ महिनासम्म लकइनमा राखिएका शेयरको अवधि नेपाल धितोपत्र बोर्डको निर्देशन तथा स्वीकृतिअनुसार २०८२ फागुन ८ गतेपछि सकिनेछ।

कम्पनीका अनुसार सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कुल ७५ हजार २३६ कित्ता शेयरको लकइन अवधि समाप्त हुन लागेको हो। उक्त शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।

लकइन अवधि समाप्त भएपछि ती शेयरहरू दोस्रो बजारमा सर्वसाधारण शेयरसरह कारोबार गर्न योग्य हुनेछन्। माविलुङ्ग इनर्जीको शेयर रजिस्ट्रारको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सम्हाल्दै आएको छ।

यसअघि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २०८२ असार १ गते शेयर निष्कासनको अनुमति पाएको थियो। लकइन अवधि समाप्त हुने विषयमा कम्पनीले लगानीकर्ता तथा सरोकारवालाहरूलाई जानकारी गराएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया