आउँदो निर्वाचनमा १ हजार १८७ जनाको स्वतन्त्र उम्मेदवारी
- BFIS News
- 2026 Jan 21 11:54
काठमाडौं। आगामी फागुन २१ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेहरूको संख्या उल्लेख्य देखिएको छ।
निर्वाचन आयोगका अनुसार देशभरबाट एक हजार १८७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। राजनीतिक दलबाट टिकट नपाएका तथा कुनै पनि दलसँग आबद्ध नभएका व्यक्तिहरूले स्वतन्त्र रूपमा निर्वाचनमा प्रतिस्पर्धा गर्न उम्मेदवारी दिएका हुन्।
यसअघि २०७९ सालमा सम्पन्न आम निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारहरूको संख्या उल्लेखनीय रहेको थियो। उक्त निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह निर्वाचित भएका थिए।
यसपटकको निर्वाचनमा अन्तरिम सरकारका मन्त्रीदेखि विभिन्न क्षेत्रका व्यक्तिहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। शिक्षामन्त्री पदबाट राजीनामा दिएका महाबीर पुनले यस निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)









.jpeg)







प्रतिक्रिया