Nepal Life

सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले वृद्धि, तीन लाख नजिक पुग्यो

NMB Bank
  • BFIS News
  • 2026 Jan 21 11:58
सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले वृद्धि, तीन लाख नजिक पुग्यो
National Life

माघ ७ गते बुधबार नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भई ऐतिहासिक उच्च विन्दुमा पुगेको छ।

Shikhar
NIMB

यस दिन सुनको मूल्य प्रतितोला १० हजार ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ४० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको मूल्यलाई तोड्दै सुनले नयाँ रेकर्ड कायम गरेको महासंघले जनाएको छ।

यसैगरी, चाँदीको मूल्य पनि बढेर नयाँ उच्चस्तरमा पुगेको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ८८० रुपैयाँ रहेको थियो।

सुनचाँदीको मूल्यमा आएको यस तीव्र वृद्धिसँगै बजारमा चासो बढेको व्यवसायीहरूले बताएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया