Nepal Life

मागभन्दा बढी आवेदन परेपछि नेपाल लाइफ समृद्धि लगानी योजनामा आजव आजै बन्द, आज आवेदन दिन अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2026 Jan 23 10:03
मागभन्दा बढी आवेदन परेपछि नेपाल लाइफ समृद्धि लगानी योजनामा आजव आजै बन्द, आज आवेदन दिन अन्तिम दिन
National Life

काठमाडौँ । नेपाल लाइफ समृद्धि लगानी योजनाको सम्पूर्ण इकाइका लागि मागभन्दा बढी आवेदन परेपछि आज (माघ ९ गते) देखि निष्काशन तथा बिक्री बन्द हुने भएको छ। बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटल लिमिटेडका अनुसार लगानीकर्ताले आज मात्रै एक दिन आवेदन दिन पाउने छन्।

Shikhar
NIMB

माघ ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिएको सामूहिक लगानी कोष ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन तोकिएको हो। यसअघि माघ १८ गतेसम्म आवेदन अवधि थप गरिएको भए पनि मागभन्दा बढी आवेदन प्राप्त भएपछि आजै सूचना प्रकाशित गरी निष्काशन तथा बिक्री बन्द गर्न लागिएको क्यापिटलले जनाएको छ।

नेपाल लाइफ क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल एक अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाई बिक्रीमा ल्याएको हो। नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे बन्दमुखी प्रकृतिको रहेको छ।

निष्काशन गरिएको कुल १६ करोड इकाईमध्ये न्यूनतम १५ प्रतिशत अर्थात् २ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ। जसअन्तर्गत १४ प्रतिशत (२ करोड २४ लाख इकाई) कोष प्रवर्धक कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई र १ प्रतिशत (१६ लाख इकाई) योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी १३ करोड ६० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिएको हो। योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको छ। इकाई खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी सि–आस्बा माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

म्युचुअल फण्ड निष्काशनका लागि गराइएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा रेटिङ नेपालले कोष प्रवर्धकलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल ए माइनस’ र योजना व्यवस्थापकलाई ‘इक्राएनपी एएमसी क्वालिटी–३’ रेटिङ प्रदान गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया