NIMB Header 2
Nepal Life

राष्ट्रपतिको च्याखे थाप्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपालाई दिए साथ, चुनाव नलड्ने

National Life
  • BFIS News
  • 2026 Jan 23 17:09
राष्ट्रपतिको च्याखे थाप्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपालाई दिए साथ, चुनाव नलड्ने
Sanima Reliance

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अप्रत्यक्ष सहयोग गर्ने रणनीति अख्तियार गरेका छन्। राजनीतिक वृत्तमा यसलाई भावी राजनीतिक समीकरण र राष्ट्रपतिको दौडसँग समेत जोडेर हेरिएको छ।

Shikhar
NIMB

निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि तोकेको शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समयसीमाभित्र भट्टराईले आफ्नो प्रतिनिधि नारायण खत्रीमार्फत उम्मेदवारी फिर्ताको निवेदन दर्ता गराएका हुन्।

पछिल्लो समय भट्टराई रास्वपाको आन्तरिक रणनीतिमा नजिक रहेर सक्रिय रहेको चर्चा हुँदै आएको थियो। रास्वपा सभापति रवि लामिछानेलाई सशर्त धरौटीमा रिहा गर्ने अदालतको आदेशलाई उनले खुलेर स्वागत गरेका थिए भने लामिछानेविरुद्ध चालिएका कदमहरूको निरन्तर विरोध पनि गर्दै आएका थिए। आजको निर्णयसँगै उनको त्यो राजनीतिक ‘रहस्य’ सतहमा आएको विश्लेषण गरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, यदि रास्वपा ठूलो जनमतसहित पहिलो पार्टी बन्न सफल भयो भने भट्टराईले राष्ट्रपतिको सम्भावना सुरक्षित गर्ने अन्तिम राजनीतिक अस्त्र प्रयोग गरेको हुनसक्ने आँकलन गरिएको छ।

गोरखा–२ मा यसअघि भट्टराई चौथोपटक उम्मेदवार बनेका थिए। सो क्षेत्रमा अहिले रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी र नेकपा (माओवादी केन्द्र) का लेखनाथ न्यौपाने चुनावी प्रतिस्पर्धामा छन्।

उम्मेदवारी फिर्तापछि भट्टराईले एक भिडिओ सन्देश जारी गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहेको बताएका छन्।
“अब नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने सोचसहित मैले आफूले हुर्काउँदै ल्याएको पार्टीको नेतृत्व नयाँ साथीहरूलाई सुम्पेर अभिभावकीय भूमिकामा रहने निर्णय गरेँ,” उनले भनेका छन्।

भट्टराईले चुनाव घोषणा भएपछि आफू चुनाव नलड्ने बताइसकेको भए पनि तरल राजनीतिक अवस्था, राष्ट्रिय स्वाधीनता, भूराजनीतिक दबाब, संविधान संशोधन, शान्ति प्रक्रियाका बाँकी काम, आर्थिक नीति र गोरखाका अधुरा विकास योजनाका कारण उम्मेदवारी दिएको स्पष्ट पारेका छन्।

तर विभिन्न दल, राजनीतिक व्यक्तित्व र स्थानीय जनताबाट आएको सुझावअनुसार वर्तमान अवस्थामा बाहिरबाट सहयोग गर्नु नै देशका लागि बढी उपयोगी हुने निष्कर्षमा पुगेको भन्दै उनले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

“वर्तमान परिस्थितिमा साझा अभिभावकीय भूमिकामा रहेर बाहिरबाट सहयोग गर्नु नै देशका लागि हितकर ठहरिएको छ,” भट्टराईले सन्देशमा उल्लेख गरेका छन्।

आगामी दिनमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण र अग्रगामी सोच बोकेका राजनीतिक दल तथा समूहसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। रास्वपा, उज्यालो नेपाल पार्टीलगायत नयाँ र प्रगतिशील दलहरूसँग सहकार्य गर्ने उनको घोषणालाई विशेष अर्थका साथ हेरिएको छ।

रास्वपाका एक नेताले गोरखा–२ मा आफ्ना उम्मेदवारलाई सहयोग गर्ने उद्देश्यले नै भट्टराईले उम्मेदवारी फिर्ता लिएको दाबी गरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया