Nepal Life

माछापुच्छ्रे बैंकको वित्तीय सूचक सुदृढ, खुद नाफा २५.२५ प्रतिशतले वृद्धि: प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७३ पैसा

NMB Bank
  • BFIS News
  • 2026 Jan 25 08:07
माछापुच्छ्रे बैंकको वित्तीय सूचक सुदृढ, खुद नाफा २५.२५ प्रतिशतले वृद्धि: प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७३ पैसा
National Life

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुवै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेका छन्।

Shikhar
NIMB

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.२५ प्रतिशतले बढी हो। गत वर्षको यसै अवधिमा बैंकले ८० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीमा भएको वृद्धि र गैर सञ्चालन खर्चमा आएको कमीका कारण बैंकको खुद नाफा बढ्न पुगेको बैंकले जनाएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.१६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २२.१२ प्रतिशतले बढेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी ८.८४ प्रतिशतले बढेको भए पनि इम्पेरमेन्ट चार्ज ५७ करोड ४२ लाख रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा १०.२२ प्रतिशतले घटेको छ।

सो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ६३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ २२ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी २ रुपैयाँ ८४ पैसाले बढेर १६ रुपैयाँ ७३ पैसा पुगेको छ। पुस मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ६० पैसा रहेको छ भने मूल्य–आम्दानी (P/E) अनुपात १३.६१ गुणा रहेको छ।

१२ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको माछापुच्छ्रे बैंकको जगेडा कोषमा ६ अर्ब ९८ करोड रुपैयाँ सञ्चित छ। बैंकले पुस मसान्तसम्म २ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया