Nepal Life

गुराँस लघुवित्तको खुद नाफा ७२.१५ प्रतिशतले वृद्धि, ६ महिनामा २ करोड ६६ लाख रुपैयाँ आर्जन

NMB Bank
  • BFIS News
  • 2026 Jan 26 10:21
गुराँस लघुवित्तको खुद नाफा ७२.१५ प्रतिशतले वृद्धि, ६ महिनामा २ करोड ६६ लाख रुपैयाँ आर्जन
National Life

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार संस्थाको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको छ।

Shikhar
NIMB

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्तले २ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको १ करोड ५४ लाख रुपैयाँको तुलनामा ७२.१५ प्रतिशतले बढी हो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएको वृद्धिका कारण खुद नाफा बढ्न पुगेको लघुवित्तले जनाएको छ। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५५.१८ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ६३.१० प्रतिशतले वृद्धि भएको छ। यस्तै, कुल सञ्चालन आम्दानी ३६.१५ प्रतिशत र सञ्चालन मुनाफा ६७.७७ प्रतिशतले बढेको छ।

पुस मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज २६ लाख ४८ हजार रुपैयाँ रहेको छ। यस अवधिसम्ममा संस्थासँग १ करोड ९५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २९ रुपैयाँ ४८ पैसा कायम भएको छ।

नाफासँगै प्रतिशेयर आम्दानी (EPS) पनि बढेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ५ रुपैयाँ १३ पैसाले वृद्धि भई ४० रुपैयाँ २२ पैसा पुगेको छ। सोही अवधिसम्ममा प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात (P/E Ratio) ४७.९८ गुणा रहेको छ।

१३ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७ करोड ८५ लाख रुपैयाँ सञ्चित छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ निक्षेप तथा सापटी संकलन गरी २ अर्ब १० करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया