Nepal Life

रास्वपाको वाचापत्र फागुनको पहिलो साता सार्वजनिक हुने, डा. स्वर्णिम वाग्लेको नेतृत्वले मस्यौदा लेख्दै

NMB Bank
  • BFIS News
  • 2026 Jan 27 18:44
रास्वपाको वाचापत्र फागुनको पहिलो साता सार्वजनिक हुने, डा. स्वर्णिम वाग्लेको नेतृत्वले मस्यौदा लेख्दै
National Life

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुनको पहिलो साता आफ्नो वाचापत्र सार्वजनिक गर्ने भएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै वाचापत्र लेखन कार्य अन्तिम चरणमा पुगेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

Shikhar
NIMB

उनका अनुसार उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा गठित ‘वाचापत्र मस्यौदा कार्यदल’ले वाचापत्र तयार गरिरहेको छ। कार्यदलमा डा. नन्दन यादव, डा. अरनिको पाण्डे लगायतका विज्ञहरूको संलग्नता रहेको छ।

प्रवक्ता झाले भने, “भौगोलिक क्षेत्र, व्यावसायिक क्षेत्रगत सुझाव तथा पार्टीका विभिन्न संयन्त्रबाट प्राप्त सुझाव समेटेर वाचापत्रको मस्यौदा तयार हुँदैछ। फागुनको पहिलो साता सार्वजनिक गर्ने तयारी छ।”

रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै निर्वाचनमा होमिएको छ। वाचापत्र तयारीमा सक्रिय रहेका डा. स्वर्णिम वाग्ले र मनिष झा पार्टीका थिङ्क ट्याङ्कका रूपमा परिचित छन्।

वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र र दीर्घकालीन भिजनप्रति सर्वसाधारण नागरिकको चासो बढ्दो देखिएको छ। पार्टीको चुनावी अभियानमा नागरिकहरू स्वतःस्फूर्त रूपमा सहभागी हुँदै गएका छन्। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया