Nepal Life

चुनौपुर्ण आर्थिक अवस्थाको सामाना गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, मुनाफा एक अर्ब ६१ करोड, इपिएस ९.४५ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2026 Jan 28 10:33
चुनौपुर्ण आर्थिक अवस्थाको सामाना गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, मुनाफा एक अर्ब ६१ करोड, इपिएस ९.४५ रुपैयाँ
National Life

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा घटेको छ।

Shikhar
NIMB

बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको २ अर्ब ८३ करोड २३ लाख रुपैयाँको तुलनामा ४३.०५ प्रतिशत कम हो। खुद ब्याज आम्दानी घट्नु र इम्पेरमेन्ट चार्ज उल्लेख्य रूपमा बढ्नु नै नाफा घट्नुका मुख्य कारण रहेको बैंकले जनाएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.८३ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ८.६६ प्रतिशतले बढेको छ। यस्तै, कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशतले घटेको छ। इम्पेरमेन्ट चार्ज १ अर्ब ७७ करोड २५ लाख रुपैयाँबाट बढेर ३ अर्ब ९ करोड ४६ लाख रुपैयाँ पुगेपछि बैंकको सञ्चालन मुनाफा ४०.५९ प्रतिशतले घट्न पुगेको हो।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ १५ पैसाले घटेर ९ रुपैयाँ ४५ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ७७ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात (P/E रेसियो) २०.२० गुणा रहेको छ। सोही अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६२ करोड १० लाख रुपैयाँ ऋणात्मक रहेको छ।

बैंकले हालको व्यवसायिक वातावरणमा विभिन्न समस्या तथा चुनौतीहरू रहेको पनि उल्लेख गरेको छ। जेन्जी आन्दोलनपछि देशमा उत्पन्न राजनीतिक अस्थिरता, आर्थिक अनिश्चितता, कर्जाको मागमा आएको कमी, लगानी विस्तारमा संकुचन, अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक परिदृश्यमा देखिने अनपेक्षित उतार–चढाव तथा छोटो अवधिमा हुने ब्याजदर परिवर्तनलाई बैंकले बाह्य चुनौतीका रूपमा लिएको छ। साथै, मानव संशाधनमा हुने परिवर्तनलाई आन्तरिक चुनौतीका रूपमा उल्लेख गरेको छ।

यी चुनौतीहरू समाधान गर्न बैंकले व्यवसाय विविधीकरण, ग्राहकमुखी गुणस्तरीय सेवा विस्तार, खर्चमा मितव्ययीता, तथा मानव संशाधन विकासमा लगानी गर्ने रणनीति अवलम्बन गरेको जनाएको छ।

हाल बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३२ अर्ब ३४ करोड २० लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ५ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया