Nepal Life

नेपाल बैंकको खुद नाफामा १८३ प्रतिशत वृद्धि, इम्पेरमेन्ट चार्ज घट्दा नाफा उकालो

NMB Bank
  • BFIS News
  • 2026 Jan 28 11:43
नेपाल बैंकको खुद नाफामा १८३ प्रतिशत वृद्धि, इम्पेरमेन्ट चार्ज घट्दा नाफा उकालो
National Life

काठमाडौं। नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको छ।

Shikhar
NIMB

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.०४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्म बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी तथा फि तथा कमिशन आम्दानीमा कमी आए पनि इम्पेरमेन्ट चार्जमा ठूलो गिरावट आउँदा बैंकको खुद नाफा उल्लेख्य रूपमा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १७.१६ प्रतिशतले घटेको छ। यसैगरी, कुल सञ्चालन आम्दानी पनि १.५९ प्रतिशतले घटेको छ।

तर, इम्पेरमेन्ट चार्जमा भएको भारी कटौतीका कारण सञ्चालन मुनाफा ३९४.६४ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षमा घटेर ४७ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ। यही कारण सञ्चालन मुनाफा र खुद नाफा दुवैमा उल्लेख्य सुधार देखिएको हो।

पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४५ पैसा ऋणात्मक रहेको छ।

नाफा वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि उल्लेख्य रूपमा सुधारिएको छ। समीक्षा अवधिमा बैंकको EPS ११ रुपैयाँ ४९ पैसा बढेर १७ रुपैयाँ ७६ पैसामा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्म बैंकको प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात (P/E Ratio) १३.५७ गुणा रहेको छ।

१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल बैंकको जगेडा कोष पछिल्लो ६ महिनामा ४.१२ प्रतिशतले वृद्धि भएको छ। यसैगरी, सोही अवधिमा बैंकको निक्षेप ९.८७ प्रतिशत र कर्जा तथा सापटी ४.४४ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया