Nepal Life

विराटनगरमा कर्जा सम्बन्धी नयाँ सफ्टवेयरको अभिमुखीकरण तथा पृष्ठपोषण गोष्ठी सम्पन्न

NMB Bank
  • BFIS News
  • 2026 Jan 28 15:16
विराटनगरमा कर्जा सम्बन्धी नयाँ सफ्टवेयरको अभिमुखीकरण तथा पृष्ठपोषण गोष्ठी सम्पन्न
National Life

काठमाडौं। निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रिय कार्यालय तथा विराटनगर शाखाले संयुक्त रुपमा यहि माघ १४ गते बुधबार विराटनगरस्थित होटेल रत्नामा “कर्जा सम्बन्धी नयाँ सफ्टवेयरको अभिमुखीकरण तथा पृष्ठपोषण लिने” विषयक एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। 

Shikhar
NIMB

उक्त गोष्ठीमा कोषका सदस्य संस्था एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड, मेरो माइक्रोफाइनान्स, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडलगायत विभिन्न अन्य सदस्य संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवातमा कोषका कर्जा विभाग प्रमुख प्रबन्धक विक्रान्त आचार्यले कोषमा हाल सञ्चालनमा रहेका कर्जा सम्बन्धी विभिन्न कार्यक्रमहरुको जानकारी गराउँदै नयाँ सञ्चालनमा आउँदै गरेका तथा प्रस्तावित अन्य कर्जा कार्यक्रमहरुको विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए। 

त्यसैगरी, सदस्य संस्थाका प्रतिनिधिहरुबाट उठेका जिज्ञासा तथा प्रश्नहरुको जवाफ दिँदै कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले कोषका भावी योजना, रणनीति तथा कर्जा सुरक्षणलाई थप प्रभावकारी बनाउने दिशामा गरिने पहलहरुको बारेमा स्पष्ट पारेका थिए। 

गोष्ठीमा कर्जा विभागका प्रधान सहायक पुष्पा भट्टले कर्जा सम्बन्धी नयाँ सफ्टवेयरको विस्तृत जानकारी प्रस्तुत गरेका थिए। सो क्रममा सदस्य संस्थाका प्रतिनिधिहरुबाट प्राप्त सुझाव तथा सल्लाहहरुलाई कर्जा विभागका सहायक अधिकृत आशिष पौडेलले टिपोट गर्दै ती उपयोगी सुझावहरुलाई सफ्टवेयरमा समावेश गरिने र आगामी दिनमा कर्जासँग सम्बन्धित दाबी तथा क्षतिपूर्तिको प्रक्रियालाई थप सहज बनाइने जानकारी दिएका थिए। होटेल रत्नामा आयोजित उक्त कार्यक्रममा करिब ७५ जनाको सहभागिता रहेको थियो।

कोषको वार्षिक नीति तथा कार्यक्रममा भएको व्यवस्था अनुरुप बैंक तथा वित्तीय संस्थाहरुसँग निरन्तर छलफल र संवाद गर्दै बजारमा कर्जा सुरक्षणको आवश्यकतालाई मध्यनजर गरी मौजुदा कार्यक्रमहरुमा रहेका समस्याहरु पहिचान गर्ने तथा सुधारका लागि राय सुझाव संकलन गर्ने उद्देश्यका साथ चालु आर्थिक वर्षमा सबै प्रदेश समेटिने गरी यस्ता गोष्ठीहरु सञ्चालन गर्ने लक्ष्य लिएको कोषले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया