Nepal Life

साइबर ठगी र जोखिमविरुद्ध साझा रणनीति बनाउन बैंकर्स आह्वान, वित्तीय क्षेत्रमा साइबर जोखिम न्यूनीकरणमा जोड

NMB Bank
  • BFIS News
  • 2026 Jan 28 20:02
साइबर ठगी र जोखिमविरुद्ध साझा रणनीति बनाउन बैंकर्स आह्वान, वित्तीय क्षेत्रमा साइबर जोखिम न्यूनीकरणमा जोड
National Life

काठमाडौं। नेपालमा साइबर सुरक्षाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले “नेपालमा साइबर सुरक्षा लचिलोपन सुदृढीकरण” शीर्षकको एकदिने कार्यशाला सम्पन्न भएको छ। नेपाल बैंकर्स संघ (NBA) र भिसा (VISA) को सहकार्यमा आयोजित उक्त कार्यशाला माघ १३ गते काठमाडौंमा सम्पन्न भएको हो।

Shikhar
NIMB

कार्यशालाको मुख्य उद्देश्य नेपालका वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थाहरूमा साइबर सुरक्षा सम्बन्धी सचेतना बढाउनुका साथै क्षमताविकास गर्नु रहेको थियो। डिजिटल वित्तीय सेवाको विस्तारसँगै बढ्दो साइबर जोखिमलाई न्यूनीकरण गर्न समन्वित पहल आवश्यक रहेकोमा कार्यक्रमले जोड दिएको थियो।

कार्यशालाको उद्घाटन सत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, साइबर सुरक्षा निर्देशनालय–नेपाल सेना, नेपाल राष्ट्र बैंक, आईएफसी–इन्टरनेशनल फाइनान्स कर्पोरेसन (IFC) लगायत विभिन्न निकायका विशिष्ट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्राविधिक प्रस्तुतिहरू पनि समावेश गरिएको थियो। साइबर ब्युरो, नेपाल प्रहरीबाट “नेपालको सन्दर्भमा साइबर–सक्षम ठगी तथा स्क्यामका उदीयमान प्रवृत्तिहरू” विषयमा प्रस्तुति दिइएको थियो भने भिसाबाट “सुरक्षित डिजिटल भविष्य निर्माण” शीर्षकमा प्रस्तुति प्रस्तुत गरिएको थियो।

त्यसैगरी, “समन्वित राष्ट्रिय साइबर सुरक्षा पारिस्थितिकी तन्त्र निर्माण: भूमिका, जिम्मेवारी र भावी मार्गचित्र” विषयमा आयोजित प्यानल छलफलले अन्तर एजेन्सी समन्वय, नीतिगत सहकार्य र भावी रणनीतिहरूबारे गहिरो छलफल गरेको थियो।

नेपाल बैंकर्स संघद्वारा आयोजित यस पहलले ज्ञान आदान–प्रदान, सहकार्य प्रवर्द्धन र द्रुत गतिमा विकसित हुँदै गएको डिजिटल वित्तीय परिवेशमा नेपालको सामूहिक साइबर सुरक्षा लचिलोपन सुदृढीकरणका लागि महत्वपूर्ण मञ्च प्रदान गरेको आयोजकले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया