Nepal Life

ग्लोबल आइएमई बैंकको खुद नाफा ६.५० प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी १७.०६ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2026 Jan 29 07:34
ग्लोबल आइएमई बैंकको खुद नाफा ६.५० प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी १७.०६ रुपैयाँ
National Life

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य रूपमा बढेको छ।

Shikhar
NIMB

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५० प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी सामान्य रूपमा घटे पनि सञ्चालन मुनाफा बढेकाले बैंकको कुल खुद नाफा वृद्धि भएको हो। बैंकको खुद ब्याज आम्दानी ३.३३ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.७४ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४.६९ प्रतिशत र सञ्चालन मुनाफा १.७२ प्रतिशतले वृद्धि भएको छ।

यद्यपि, समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा घटेर २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ। बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७३ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य रूपमा बढेको छ। समीक्षा अवधिमा EPS १ रुपैयाँ ४ पैसा बढेर १७ रुपैयाँ ६ पैसा पुगेको छ। पुस मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात (P/E Ratio) १३.२४ गुणा रहेको छ।

३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको ग्लोबल आइएमई बैंकको जगेडा कोषमा २८ अर्ब ६९ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले ६ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया