Nepal Life

इम्पेरमेन्ट चार्जले लक्ष्मी बैंकको मुनाफामा पर्यो दवाव, खुद व्याज आम्दानी सहित अन्य सूचक भने सामान्य

NMB Bank
  • BFIS News
  • 2026 Jan 29 08:06
इम्पेरमेन्ट चार्जले लक्ष्मी बैंकको मुनाफामा पर्यो दवाव,  खुद व्याज आम्दानी सहित अन्य सूचक भने सामान्य
National Life

काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले पुस मसान्तसम्म २७ करोड ३६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकले १ अर्ब १६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Shikhar
NIMB

बैंकका अनुसार खुद ब्याज आम्दानी र फि तथा कमिशन आम्दानीमा सुधार देखिए पनि इम्पेरमेन्ट चार्ज उल्लेख्य रूपमा बढ्दा समग्र नाफा ऋणात्मक हुन पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.१४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १८.१५ प्रतिशतले बढेको छ। यससँगै कुल सञ्चालन आम्दानी ९.४४ प्रतिशतले वृद्धि भएको छ।

तर, इम्पेरमेन्ट चार्जमा आएको तीव्र वृद्धिले सञ्चालन नतिजामा नकारात्मक प्रभाव पारेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ७९ करोड ३० लाख रुपैयाँबाट बढेर ४ अर्ब ४७ करोड ३० लाख रुपैयाँ पुगेको छ। यसका कारण बैंकको सञ्चालन मुनाफा १५ करोड ९८ लाख रुपैयाँ ऋणात्मक बनेको छ।

नाफा ऋणात्मक भएपछि बैंकको प्रतिशेयर आम्दानी पनि ऋणात्मक देखिएको छ। पुस मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ २३ पैसा कायम छ। सोही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

२६ अर्ब ७८ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले ३ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

व्यवस्थापन विश्लेषण
बैंक व्यवस्थापनका अनुसार व्यवसायिक परिमाण बढेसँगै जगेडा, आम्दानी र तरलता स्थितिमा परिवर्तन आएको छ। दीगो नाफा र सन्तुलित ब्यालेन्स सिट वृद्धिमार्फत वित्तीय लक्ष्य हासिल गर्ने रणनीतिमा बैंक प्रतिबद्ध रहेको व्यवस्थापनले जनाएको छ। व्यवसायिक मोडेलहरू सुदृढ रहँदै सुदृढ र सुरक्षित वृद्धितर्फ निरन्तर प्रयास जारी रहेको पनि बैंकको भनाइ छ।

यद्यपि, विश्वव्यापी तथा घरेलु आर्थिक चुनौतीहरूले बैंकको व्यवसायमा असर पारेको व्यवस्थापनले स्वीकार गरेको छ। यसका कारण राजस्वमा दबाब, गैर–निष्क्रिय कर्जा (NPL) अनुपातमा तीव्र वृद्धि तथा ब्यालेन्स सिट वृद्धिमा अवरोध आएको छ, जसको प्रभाव आगामी आर्थिक वर्षहरूमा पनि कायम रहन सक्ने अनुमान गरिएको छ। तर, छोटो अवधिको आर्थिक मन्दीको असर सम्हाल्न बैंकसँग सुदृढ जोखिम व्यवस्थापन प्रणाली र पर्याप्त आन्तरिक पूँजी रहेकोमा व्यवस्थापन विश्वस्त देखिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया