NIMB Header 2
Nepal Life

स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा १६.२९ प्रतिशत घट्यो, नाफा १ अर्ब ३७ करोडमा झर्‍यो

National Life
  • BFIS News
  • 2026 Jan 29 08:24
स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा १६.२९ प्रतिशत घट्यो, नाफा १ अर्ब ३७ करोडमा झर्‍यो
Sanima Reliance

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा र खुद ब्याज आम्दानी दुवै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेका छन्।

Shikhar
NIMB

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्म १ अर्ब ३७ करोड रुपैयाँ मात्र खुद नाफा कमाएको छ। यस अवधिमा बैंकको खुद नाफा १६.२९ प्रतिशतले घटेको हो।

खुद ब्याज आम्दानीमा कमी आउनु र इम्पेरमेन्ट चार्ज बढ्नु बैंकको नाफा घट्नुका प्रमुख कारण रहेका छन्।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.१३ प्रतिशतले घटेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी ११.५४ प्रतिशतले बढेको छ। यस्तै, खुद सञ्चालन आम्दानी २.८५ प्रतिशत र सञ्चालन मुनाफा १६.२१ प्रतिशतले घटेको देखिन्छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि घटेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३२ पैसाले घटेर २७ रुपैयाँ ३५ पैसामा सीमित भएको छ। पुस मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ २११ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E Ratio) २३.१० गुणा रहेको छ।

उक्त अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ९१ करोड २५ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १८ रुपैयाँ १७ पैसा रहेको छ।

१० अर्ब ४ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब १४ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो छ महिनासम्म बैंकले १ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया