Nepal Life

पेशागत बीमा अभिकर्ता संघ नेपाल विमक मधेश प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन सम्पन्न

NMB Bank
  • BFIS News
  • 2026 Feb 01 10:22
पेशागत बीमा अभिकर्ता संघ नेपाल विमक मधेश प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन सम्पन्न
National Life

काठमाडौं। पेशागत बीमा अभिकर्ता संघ नेपाल विमक, मधेश प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। माघ १७ गते मधेश प्रदेशको लालगढस्थित बोबा होटलमा आयोजित अधिवेशनबाट सत्य नारायणको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो।

Shikhar
NIMB

अधिवेशन पेशागत बीमा अभिकर्ता संघ नेपाल केन्द्रका अध्यक्ष गणेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका बीमा अभिकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अधिवेशनले पेशागत बीमा अभिकर्ताहरूको हकहित, पेशागत मर्यादा तथा बीमा क्षेत्रको सुदृढीकरणका विषयमा महत्वपूर्ण छलफल गर्दै नयाँ नेतृत्व चयन गरेको हो। नवगठित समितिले मधेश प्रदेशमा बीमा अभिकर्ताहरूको पेशागत क्षमता अभिवृद्धि तथा संगठन विस्तारमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

सत्य नारायणको अध्यक्षतामा गठन भएको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष धनेश्वर, उपाध्यक्षमा नवल किशोर साह, महिला उपाध्यक्ष सम्झना कुमारी विश्वकर्मा, सचिव चन्दन कुमार चौरसिया, सह–सचिव साहेब साह र सुरेन्द्र कुमार राय, कोषाध्यक्षमा रमिला ज्येष्ठ राय निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरूमा राम बिनोद साह, प्रियंका चौरसिया, सुरेन्द्र कुमार ठाकुर, सरिता मण्डल निर्वाचित भएका छन्। 

कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष सत्य नारायणले आफूलाई दिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै मधेश प्रदेशका बीमा अभिकर्ताहरूको हकहित र पेशागत विकासका लागि प्रतिबद्ध भएर काम गर्ने प्रतिवद्धता जनाए। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया