Nepal Life

सुन र चाँदीको भाउमा तीव्र गिरावट, सुन तोलामा ९,५०० रुपैयाँ घट्यो

NMB Bank
  • BFIS News
  • 2026 Feb 05 11:42
सुन र चाँदीको भाउमा तीव्र गिरावट, सुन तोलामा ९,५०० रुपैयाँ घट्यो
National Life

काठमाडौं ।  नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा घटेको छ। एकै दिन सुनको भाउमा ठूलो गिरावट देखिएको छ भने चाँदीको दर पनि उल्लेख्य मात्रामा तल झरेको छ।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन बुधबार यही सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा सुनको मूल्य एकै दिन ९ हजार ५०० रुपैयाँले घटेको हो।

सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। बुधबार प्रतितोला ५ हजार ६०० रुपैयाँ रहेको चाँदी बिहीबार ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको कारण मूल्यमा यस्तो परिवर्तन आएको जनाइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया