Nepal Life

वित्तीय खर्च घट्दा मकर जितुमाया सुरी हाइड्रोपावरको नाफा वृद्धि

NMB Bank
  • BFIS News
  • 2026 Feb 06 11:03
वित्तीय खर्च घट्दा मकर जितुमाया सुरी हाइड्रोपावरको नाफा वृद्धि
National Life

काठमाडौं।  मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

Shikhar
NIMB

विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामान्य रूपमा बढेको देखिएको छ, जसमा वित्तीय खर्च घट्नु प्रमुख कारण बनेको छ।

पुस मसान्तसम्म कम्पनीले ८ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको ७ करोड ५९ लाख रुपैयाँको तुलनामा ५.४१ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी २.६८ प्रतिशतले बढेको छ। यस अवधिमा कुल नाफा २.५६ प्रतिशतले वृद्धि भएको छ भने सञ्चालन मुनाफा २.५८ प्रतिशतले घटेको विवरणमा उल्लेख छ। वित्तीय खर्च भने ९.१८ प्रतिशतले घटेको छ।

नाफा वृद्धिसँगै प्रतिशेयर आम्दानी पनि बढेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ८ पैसाले बढेर २१ रुपैयाँ ६ पैसा पुगेको छ। पुस मसान्तसम्म प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ८५ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात ४९.३१ गुणा कायम भएको छ।

कम्पनीको चुक्ता पूँजी ७६ करोड रुपैयाँ रहेको छ। सो अवधिसम्म रिटेन्ड अर्निङ ११ करोड २८ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा जनाइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया