Nepal Life

अण्डाको मूल्य घट्यो, ठूलो प्रतिक्रेट ३७५ र मिडियम ३३५ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2026 Feb 09 17:12
अण्डाको मूल्य घट्यो, ठूलो प्रतिक्रेट ३७५ र मिडियम ३३५ रुपैयाँ
National Life

काठमाडौं ।  अण्डाको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ समर्थन मूल्य सार्वजनिक गर्दै प्रतिक्रेट दर घटाएको जनाएको छ।

Shikhar
NIMB

संघका अनुसार स्वदेशी उत्पादन वृद्धि र भारतबाट आयात बढेसँगै बजारमा आपूर्ति बढेपछि मूल्य घटाइएको हो। नयाँ दरअनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ३७५ रुपैयाँ र मिडियम अण्डाको मूल्य ३३५ रुपैयाँ कायम गरिएको छ।

यसअघि माघ २२ गते ठूलो अण्डाको प्रतिक्रेट मूल्य ४३५ रुपैयाँ र मिडियम अण्डाको ४०५ रुपैयाँ निर्धारण गरिएको थियो। त्यसअघि माघ ११ गते ठूलो अण्डा ४९५ रुपैयाँ र मिडियम अण्डा ४७५ रुपैयाँसम्म पुगेको थियो।

संघका तथ्यांकअनुसार मंसिर महिनामा अण्डाको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको थियो, जहाँ ठूलो अण्डा प्रतिक्रेट ५६५ रुपैयाँ र मिडियम अण्डा ५५० रुपैयाँमा कारोबार भएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया