रामेछाप बस दुर्घटनामा ६ जनाको ज्यान गयो, खोज तथा उद्धार जारी
- BFIS News
- 2026 Feb 10 13:00
काठमाडौं। रामेछाप जिल्लाको मन्थली नगरपालिका क्षेत्रमा आज बिहान भएको बस दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ।
घटनास्थलमा सुरक्षा निकायले उद्धार तथा खोजी कार्य जारी राखेका छन् भने बसमा सवार यात्रुको यकिन संख्या अझै खुलेको छैन।
प्रहरीका अनुसार मन्थली नगरपालिका–५ मसानटारमा भएको दुर्घटनामा दुई पुरुष र चार महिलाको ज्यान गएको हो। काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा ३ ख ९९७५ नम्बरको बस दुर्घटनामा परेको बताइएको छ।
दुर्घटनापछि घटनास्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। केही स्थानमा डुंगाको प्रयोग गरेर उद्धार कार्य भइरहेको जनाइएको छ। अधिकारीहरूले घाइते तथा बेपत्ता यात्रुको विवरण संकलन गर्ने काम जारी रहेको बताएका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)














प्रतिक्रिया