Nepal Life

आम्दानीमा तीव्र गिरावटपछि एनआरएन इन्फ्रास्ट्रक्चर दोस्रो त्रैमासमा नोक्सानीमा

NMB Bank
  • BFIS News
  • 2026 Feb 11 09:13
आम्दानीमा तीव्र गिरावटपछि एनआरएन इन्फ्रास्ट्रक्चर दोस्रो त्रैमासमा नोक्सानीमा
National Life

काठमाडौं।  एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफाबाट नोक्सानीमा गएको छ।

Shikhar
NIMB

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले आम्दानी घट्नु र लगानी बिक्रीमा घाटा देखिनुले वित्तीय परिणाम नकारात्मक बनेको देखाएको छ।

पुस मसान्तसम्मको विवरण अनुसार कम्पनीले ५२ लाख ९३ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ५ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीका अनुसार समीक्षा अवधिमा लगानी बिक्रीबाट १ करोड ८ लाख रुपैयाँ घाटा भएको छ। त्यस्तै लाभांश आम्दानी १४.०७ प्रतिशतले घटेको छ भने कुल आम्दानीमा ८५.३२ प्रतिशतको कमी आएको छ। सोही अवधिमा कम्पनीको कुल खर्च भने ९७.२२ प्रतिशतले बढेको छ।

नाफा घटेसँगै प्रतिशेयर आम्दानी (EPS) पनि ऋणात्मक बनेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ रुपैयाँ ३७ पैसा रहेको प्रतिशेयर आम्दानी यस वर्ष सोही अवधिमा ५९ पैसा ऋणात्मक पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ४९ पैसा कायम रहेको छ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ७९ करोड ८१ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्ग ९६ करोड ६५ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया