एन आई सी एशिया बैंकद्वारा ६.९९ प्रतिशत स्थिर ब्याजदरमा रू.१० करोडसम्मको ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक
- BFIS News
- 2026 Feb 14 11:24
काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहकहरूको आवासीय आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यसहित ६.९९ प्रतिशत स्थिर ब्याजदरमा ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। बैंकले अधिकतम रु. १० करोडसम्म घर कर्जा उपलब्ध गराउने लक्ष्यसहित योजना ल्याएको जनाएको छ।
बैंकका अनुसार उक्त योजना अन्तर्गत ७ वर्षका लागि ६.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा प्रदान गरिनेछ भने त्यसपछि पनि प्रतिस्पर्धी ब्याजदर कायम गरिने बताइएको छ। न्यूनतम रु. २५ लाखदेखि अधिकतम रु. १० करोडसम्म प्रदान गरिने यस कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ।
यस योजना अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा पुनःनिर्माण, साथै घडेरी खरिद गर्न सहज प्रक्रिया मार्फत कर्जा उपलब्ध गराइनेछ। पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकका लागि कर्जा र धितो सुरक्षण अनुपात अधिकतम ८० प्रतिशतसम्म तथा अन्य ग्राहकका लागि अधिकतम ७० प्रतिशतसम्म कायम गरिएको बैंकले जनाएको छ।
घर खरिद तथा निर्माण गर्ने ग्राहकको सपना साकार पार्न ठोस टेवा पुर्याउने उद्देश्यले ल्याइएको यस योजनामा सहभागी हुने ग्राहकहरूले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा समेत प्राप्त गर्नेछन्।
बैंकले ग्राहकको आवश्यकता र बजारको मागलाई ध्यानमा राख्दै समयानुकूल वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया