Nepal Life

बैंक वित्तीय संस्थामा काम गर्ने कर्मचारीको बोनस रकम ११ प्रतिशतले बढ्ने, ६ महिनामै छुट्टाए ५ अर्ब २७ करोड

NMB Bank
  • BFIS News
  • 2026 Feb 14 12:09
बैंक वित्तीय संस्थामा काम गर्ने कर्मचारीको बोनस रकम ११ प्रतिशतले बढ्ने, ६ महिनामै छुट्टाए ५ अर्ब २७ करोड
National Life

काठमाडौं। यस वर्ष बैंक वित्तीय संस्थाका कर्मचारीको बोनस रकम बढ्ने भएको छ। यस वर्ष बैंक वित्तीय संस्थाको मुनाफा १४ प्रतिशतले बढ्दा कर्मचारीले पाउने बोनस रकम भने ११.२७ प्रतिशतले बृद्धि भएको छ।

Shikhar
NIMB

चालु आर्थिक वर्षको ६ महिनामा बैंक वित्तीय संस्थाले ३४ अर्ब ६२ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन्। यस मुनाफाबाट बैंकहरुले कर्मचारीले पाउने बोनसका लागि ५ अर्ब २७ करोड रुपैयाँ प्रोभिजनिङ गरेका छन्। बोनस ऐन २०३० अनुसार कम्पनी तथा संस्थाले मुनाफाको १० प्रतिशत रकम बोनसका लागि छुट्याउनु पर्छ। यो रकम आर्थिक वर्ष समाप्त भएपछि वा लेखापरीक्षण सम्पन्न भएपछि वितरण गरिन्छ। यस्तो बोनस रकम कम्पनी तथा संस्थाले मुनाफा गरेको खण्डमा मात्रै वितरण हुन्छ।

६ महिनाको अवधिमा सर्वाधिक धेरै रकम नबिल बैंकले आफ्ना कर्मचारीलाई ७३ करोड ४४ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ। गत वर्षको यहि अवधिमा बैंकले ५१ करोड ५१ लाख रुपैयाँ प्रोभिजनिङ गरेको थियो। बैंकले यस वर्षको ६ महिनामा ४ अर्ब ७५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ।

दोस्रो धेरै बोनस रकम ग्लोबल आइएमई बैंकले ४८ करोड ७७ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ। बैंकले ३ अर्ब २५ करोड मुनाफाबाट प्रोभिजनिङ गरेको हो। गएका वर्षमा नोक्सानीमा देखिएको कुमारी बैंकले ६ महिनाको अवधिमा २ अर्ब ७२ करोड मुनाफाबाट ४८ करोड २३ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ। तर आर्थिक वर्ष समाप्तीसम्ममा बैंकको अवस्था के हुन्छ त्यसको कुनै सुनिश्चितता भने छैन।

चौथो नम्बरमारहेको एभरेष्ट बैंकले २ अर्ब ११ करोडबाट ३४ करोड ९६ लाख रुपैयाँ प्रोभिनजिङ गरेको छ। बैंकको कर्मचारी संख्या नबिल तथा ग्लोबल भन्दा निकै कम भएकाले यस बैंकका कर्मचारीले तुलनात्मक रुपमा धेरै रकम हात पार्नेछन्।

प्राइम बैंकले २ अर्ब ४ करोडबाट ३२ करोड ४४ लाख रुपैयाँ प्रोभिजनीङ गरेको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब ६१ करोडबाट २५ करोड ९८ लाख रुपैयाँ प्रोभिजनिङ गर्दै गर्दा एनएमबीले एक अर्ब ६४ करोडबाट २५ करोड ८८ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया