Nepal Life

प्रतिनिधिसभा निर्वाचन: राजनीतिक दललाई ६४ बुँदे निर्देशन जारी

NMB Bank
  • BFIS News
  • 2026 Feb 15 22:53
प्रतिनिधिसभा निर्वाचन: राजनीतिक दललाई ६४ बुँदे निर्देशन जारी
National Life

काठमाडौँ, फागुन ३ गते। निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रित गर्दै राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६४ बुँदे निर्देशन जारी गरेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आयोगले यस्तो निर्देशन दिएको हो।

Shikhar
NIMB

आयोगका अनुसार उम्मेदवारहरूले फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा र घरदैलो कार्यक्रम सञ्चालन गर्न पाउनेछन्। प्रचारप्रसारका कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने व्यवस्था गरिएको छ।

निर्देशनमा मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म कुनै पनि प्रकारको प्रचारप्रसार गर्न निषेध गरिएको उल्लेख छ।

निर्वाचनसम्बन्धी खर्च अनिवार्य रूपमा बैंक वा वित्तीय संस्था मार्फत गर्नुपर्नेछ। २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग लिँदा बैंक खातामार्फत मात्र लिनुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्चको पूर्ण विवरण आयोगमा बुझाउनुपर्ने प्रावधान पनि निर्देशनमा समावेश गरिएको छ।

त्यसैगरी, टिसर्ट, टोपी, झोला, मास्क वा लकेटजस्ता निर्वाचन चिह्न अंकित सामग्री वितरण तथा प्रयोग गर्न नपाइने स्पष्ट पारिएको छ। ७५ ग्राम कागजमा ३०० वर्ग इन्चसम्मको एउटै रङ्गको पर्चा मात्र वितरण गर्न पाइनेछ। डिजिटल बोर्ड, फ्लेक्स र भित्ते लेखन पूर्ण रूपमा निषेध गरिएको छ।

निर्वाचन अधिकृतको अनुमति लिएर बढीमा दुईवटा सवारी साधन मात्र प्रयोग गर्न पाइनेछ भने सरकारी सवारी साधनको प्रयोगमा पूर्ण रोक लगाइएको छ।

निर्वाचनसम्बन्धी कुनै पनि कार्यक्रममा बालबालिकाको प्रयोग गर्न कडाइका साथ निषेध गरिएको छ। साथै, प्लास्टिक वा पोलिथिनजस्ता अजैविक सामग्री प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ। प्रयोग गरिएका प्रचार सामग्रीको उचित व्यवस्थापन सम्बन्धित दल वा उम्मेदवारले नै गर्नुपर्ने उल्लेख गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया