घोराहीको पाण्डवेश्वर महादेव मन्दिरमा ५५ फिट उचाइको त्रिशूल आन्तरिक पर्यटकको आकर्षण
- BFIS News
- 2026 Feb 15 23:21
दाङ, फागुन ३ गते। घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिरको धारापानी परिसरमा रहेको ५५ दशमलव पाँच फिट उचाइको त्रिशूल आन्तरिक पर्यटकहरूको नयाँ आकर्षण बनेको छ ।
पञ्चधातुबाट निर्मित यो त्रिशूल धार्मिक महत्वका साथै दर्शनीयता र स्थापत्य कलाको उत्कृष्ट नमूना पनि मानिन्छ । मन्दिर क्षेत्रमा आउने भक्तजन तथा पर्यटकहरू त्रिशूल हेर्नका लागि नियमित रूपमा पुग्ने गरेको स्थानीयहरूले बताएका छन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया