NIMB Header 2
Nepal Life

कुमारी बैंकको सूचना सुरक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय प्रमाणीकरण, ISO 27001:2022 प्रमाणपत्र प्राप्त

National Life
  • BFIS News
  • 2026 Feb 16 19:08
कुमारी बैंकको सूचना सुरक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय प्रमाणीकरण, ISO 27001:2022 प्रमाणपत्र प्राप्त
Sanima Reliance

काठमाडौं। कुमारी बैंकले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सूचना सुरक्षा व्यवस्थापन प्रणाली (ISMS) सम्बन्धी International Organization for Standardization तथा International Electrotechnical Commissionको ISO/IEC 27001:2022 प्रमाणपत्र प्राप्त गरेको जनाएको छ। बैंकका अनुसार यो प्रमाणपत्रले सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको पुष्टि गरेको छ।

Shikhar
NIMB

ISO/IEC 27001:2022 अन्तर्गत सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा ९३ वटा नियन्त्रण (controls) समावेश हुन्छन्। यी नियन्त्रणहरू प्रभावकारी रूपमा कार्यान्वयन भएको छ वा छैन भन्ने विषय स्वतन्त्र बाह्य अडिटमार्फत मूल्यांकन गरी मात्र प्रमाणपत्र प्रदान गरिने व्यवस्था रहेको छ।

बैंकका अनुसार उक्त प्रमाणपत्रले सूचना सुरक्षा जोखिमको पहिचान, मूल्यांकन तथा व्यवस्थापन गर्ने संस्थागत क्षमता सुदृढ रहेको र सो प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सञ्चालन भइरहेको सुनिश्चित गर्दछ। साथै, ग्राहकका संवेदनशील तथ्यांक सुरक्षित तथा गोप्य राख्ने, आवश्यक पर्दा उपलब्ध गराउने, अनधिकृत पहुँचबाट जोगाउने तथा सुदृढ सुरक्षा प्रणाली कार्यान्वयन गर्ने प्रतिबद्धता समेत यसले प्रमाणित गरेको बैंकले जनाएको छ।

डिजिटल बैंकिङ सेवाको तीव्र विस्तारसँगै साइबर सुरक्षा र डाटा गोपनीयता ग्राहक तथा सरोकारवालाहरूको प्रमुख चासोको विषय बन्दै गएको सन्दर्भमा बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड सेवा तथा आन्तरिक प्रणालीहरूमा उच्चस्तरीय सुरक्षा मापदण्ड लागू गरेको जनाएको छ।

यसैक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले ग्राहकको विश्वास नै बैंकिङ सेवाको आधार भएको उल्लेख गर्दै भने, “यो प्रमाणपत्र प्राप्त गर्नु ग्राहकको वित्तीय सूचनाको सुरक्षाप्रति हाम्रो दृढ प्रतिबद्धताको प्रतिविम्ब हो। सुरक्षित र विश्वसनीय बैंकिङ वातावरण प्रदान गर्न हामी प्रविधि, जनशक्ति तथा प्रक्रियामा निरन्तर लगानी गर्दै जानेछौँ।”

बैंकका अनुसार नियमित जोखिम मूल्यांकन, कर्मचारी सचेतना कार्यक्रम, सुरक्षा परीक्षण तथा निरन्तर निगरानी प्रणालीमार्फत सम्भावित साइबर जोखिमहरूको रोकथाम, पहिचान तथा व्यवस्थापन गर्ने सुदृढ संरचना कार्यान्वयन हुँदै आएको छ।

सूचना सुरक्षा एकपटकको उपलब्धि नभई निरन्तर सुधारको प्रक्रिया भएको उल्लेख गर्दै बैंकले आगामी दिनमा पनि नियामक मापदण्ड तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुसार आफ्ना सुरक्षा संयन्त्रहरू थप सुदृढ गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया