राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
- BFIS News
- 2026 Feb 20 09:58
काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरी सार्वजनिक गरेको छ।
सार्वजनिक दरअनुसार अमेरिकी डलरसहित विभिन्न देशका मुद्राको खरिद तथा बिक्री मूल्य तोकिएको छ।
केन्द्रीय बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५७ पैसा तथा बिक्रीदर १७१ रुपैयाँ २८ पैसा तोकिएको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ भने स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५० पैसा छ। क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ७८ पैसा तथा बिक्रीदर १०६ रुपैयाँ २१ पैसा तोकिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा कायम गरिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा तथा बिक्रीदर २१ रुपैयाँ ०४ पैसा छ। साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ।
थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४ रुपैयाँ ६६ पैसा कायम भएको छ। युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा छ। मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ २० पैसा तोकिएको छ। दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा रहेको छ। स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६ रुपैयाँ ०४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।
यसैगरी, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ। कुवेती दिनार एकको खरिददर ४७३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ९५ पैसा छ। बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५६ पैसा तथा ओमानी रियाल एकको खरिददर ३७६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६३ पैसा तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको केन्द्रीय बैंकले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया