Nepal Life

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु, दुई समुदायबीच तनाव बढेपछि प्रशासनको निर्णय

NMB Bank
  • BFIS News
  • 2026 Feb 23 12:16
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु, दुई समुदायबीच तनाव बढेपछि प्रशासनको निर्णय
National Life

काठमाडौं। पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी भोला दहालले जारी गरेको आदेशअनुसार सोमबार बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागू गरिएको हो।

Shikhar
NIMB

आइतबार वीरगञ्ज महानगरको श्रीपुर क्षेत्रमा पार्किङको विषयमा भएको सामान्य विवादबाट सुरु भएको घटनाले क्रमशः दुई समुदायबीच तनाव बढाएको थियो। सोही अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको सिफारिसमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय पर्सा का अनुसार पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको हो। आदेशअनुसार तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्ति आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न निषेध गरिएको छ।

जारी विज्ञप्तिअनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिरिसिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लागू हुनेछ।

कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनलाई भने सञ्चालनमा सहजीकरण गरिने प्रशासनले जनाएको छ। एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी तथा परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन तथा हवाई टिकटको आधारमा यात्रा गर्ने हवाई यात्रुहरूलाई सुरक्षा निकायबाट आवश्यक समन्वय गरिने बताइएको छ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा नलाग्न र शान्ति–सुरक्षा कायम गर्न सहयोग गर्न अनुरोध गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया