Nepal Life

पोखराबाट साँझ ७ बजे छुटेको बस त्रिशूली किनारमा खस्यो, १७ जनाको मृत्यु

NMB Bank
  • BFIS News
  • 2026 Feb 23 15:31
पोखराबाट साँझ ७ बजे छुटेको बस त्रिशूली किनारमा खस्यो, १७ जनाको मृत्यु
National Life

गण्डकी, फागुन ११ गते । सोमबार बिहान धादिङमा दुर्घटनामा परेको यात्रुवाहक बस पोखराबाट बेलुका ७ बजे छुटेको खुलेको छ । माछापुच्छ्रे टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नम्बरको उक्त बस ३४ जना यात्रुसहित पोखराबाट प्रस्थान गरेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालि का अध्यक्ष ऐनकुमार साईले जानकारी दिनुभयो ।

 

Shikhar
NIMB

उहाँका अनुसार बस तनहुँको जामुनेका ओमकुमार श्रेष्ठको हो र दुर्घटनाको समयमा श्रेष्ठ पनि सवार रहेको बुझिएको छ । प्रहरीबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार हालसम्म १७ जनाको मृत्यु भएको छ । घटनाबारे थप जानकारी लिन कम्पनीका कर्मचारी मलेखुबाट घटनास्थल पुगेको साईले बताउनुभयो । बस चालक सुजित नेपाली रहेको र उहाँको अवस्था हालसम्म अज्ञात रहेको जनाइएको छ । घाइतेहरूको उपचार काठमाडौँस्थित ट्रमा सेन्टरसहित विभिन्न अस्पताल तथा केहीको स्थानीय अस्पतालमा भइरहेको छ ।

दुर्घटनाप्रति पोखरा महानगरपालिका का प्रमुख धनराज आचार्यले दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले दुर्घटनामा ज्यान गुमाएका १७ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

उहाँले राति करिब १ः३० बजे पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौँडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदी किनारमा दुर्घटनाग्रस्त भएको खबरले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गर्नुभएको छ । दुर्घटनामा घाइते भएका २८ जनाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँले उद्धारमा खटिएका सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन टोली, गोताखोर तथा स्थानीयवासीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । साथै शोकाकुल परिवारलाई आवश्यक सहयोग र मानवीय संवेदनशीलता देखाउन आग्रह गर्नुभएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया