Nepal Life

प्रशासनको आग्रह निर्वाचनमा ड्रोन नउडाउन

NMB Bank
  • BFIS News
  • 2026 Feb 25 17:07
प्रशासनको आग्रह निर्वाचनमा ड्रोन नउडाउन
National Life

फिदिम, फागुन १३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले जथाभावी ड्रोन नउडाउन आग्रह गरेको छ ।

Shikhar
NIMB

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै यसअघि अनुमति प्राप्त गरेका ड्रोनसमेत तोकिएको अवधिमा उडाउन नपाइने स्पष्ट पारेको हो ।

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले विज्ञप्तिमार्फत फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षाको दृष्टिले यस्तो निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रशासनबाट सञ्चालन अनुमति लिएका ड्रोनहरू फागुन १८ गतेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नभएसम्म जिल्लाभित्र कुनै पनि स्थानमा उडाउन पाइने छैन ।

जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबै पक्षलाई निर्णयको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया