Nepal Life

दुई महिनामै १९ हजार वटा जीवन बीमा पोलिसी सरेण्डर, पोलिसी समर्पण गरेर आर्थिक संकट टार्दै बीमित

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Fri 16:36
दुई महिनामै १९ हजार वटा जीवन बीमा पोलिसी सरेण्डर, पोलिसी समर्पण गरेर आर्थिक संकट टार्दै बीमित
Sanima Reliance

काठमाडौं । बजारमा आर्थिक मन्दीको असर कत्तीको छ भन्ने एउटा गतिलो उदाहरण जीवन बीमा कम्पनीमा बढिरहेको पोलसी सरेण्डरले प्रष्ट देखाउछ । आर्थिक संकटको असर आम सर्वसाधारणमा पुगिसकेको छ । नियमित घर खर्च धान्नै मुस्किल पर्न थालिसकेको छ ।

NIMB

दरवारमार्ग, न्युरोड, ठमेल जस्ता ब्राण्डेड सामानको बिक्री हुने पसलमा अहिले सेल अफर चलिरहेको छ । मानिसहरुको क्रयशक्ति यतिसम्म कमजोर भइसकेको छ विलासिताका सामानको माग नै घटिसकेको छ । अत्यावस्यक बाहेक कसैले पनि सामान खरिद गरिरहेका छैनन् । होटल पसलमा गेटटुगेदर जमघट नहुँदा सुनसान छ । यहि परिदृय जीवन बीमा कम्पनीमा पनि पर्न थालेको छ ।

नयाँ जीवन बीमा व्यवसायमा बढ्दो गिरावट सँगै पुराना पोलिसी पनि सरेण्डर हुने क्रमले व्यापकता पाएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामै २ अर्ब ४६ करोड रुपैयाँको सरेण्डर भइसकेको छ । यस अवधिमा १९ हजार १४८ वटा पोलिसी सरेण्डर भएको छ । चालु आर्थिक वर्षको दुई महिनामा १६ लाख ४९ लाख वटा पोलिसी जारी भएका छन् । यसमा अधिकाम्स पोलिसी आवधिक किसिमका छन् । सावधिक जीवन बीमा पोलिसीको संख्या यो भन्दा कम छ । सावधिक जीवन बीमा पोलिसीबाट मात्रै पोलिसी सरेण्डर हुन्छ ।

जीवन बीमा व्यवसायमा बीमा पोलिसी सरेण्डर खासै राम्रो मानिदैन । एउटा पोलिसी भित्र्याउन कम्पनीले ठुलो स्रोत साधन खर्चिएको हुन्छ । पहिलो र दोस्रो बीमा शुल्को २५ प्रतिशत भन्दा बढि कमिशन अभिकर्तालाई बुझाउनु पर्छ । त्यस्तै कर्मचारी व्यवस्थापनको पाटो धेरै खर्चिलो छ । यो सबै बीमितकै रकमबाट सञ्चालन हुने भएकाले पोलिसी सरेण्डर बीमित र बीमक दुबैका लागि हितकर छैन ।

पोलिसी सरेण्डर गर्दै गर्दा बीमितले पनि आफुले कम्पनीलाई भुक्तानी गरे बराबरको रकम पाउन सक्दैन भने कम्पनीले पनि उक्त पोलिसी ल्याउन अभिकर्तालाई कमिशन दिनेदेखि लिएर ठुलो स्रोत र साधन खर्च गरिसकेको हुन्छ । जसले गर्दा कम्पनीलाई पनि घाटा हुन्छ ।

नेपाल बीमा प्राधिकरणले बीमा पोलिसी सरेण्डर धेरै भयो भन्दै सरेण्डर गर्ने अवधि तीन वर्ष पुर्याइदिएको छ । अहिले जति पनि पोलिसी सरेण्डर भएका छन् ति सबै तीन वर्ष भन्दा पुराना पोलिसी हुन् । यसले गर्दा नयाँ जीवन बीमा कम्पनी भन्दा पुराना बीमा कम्पनीमा पोलिसी सरेण्डरको संख्या धेरै छ ।

नेपाल लाइफले मात्रै दुई महिनामा ५ हजार ८६६ वटा पोलिसी सरेण्डर गर्नु पर्यो । कम्पनीमा सर्वाधिक धेरै सरेण्डर हुँदै गर्दा कम्पनीले जारी गरेको पोलिसी संख्या पनि धेरै छ । हाल भदौ महिनासम्ममा कम्पनीले जारी गरेको पोलिसी संख्या ११ लाख ४५ वटा छन् । यो भनेको नेपाल लाइफको कुल कायम पोलिसीको ०.५१ प्रतिशत पोलिसी सरेण्डर भएको हो ।

दोस्रो धेरै पोलसी सरेण्डर एलआइसी नेपालले ५ अर्ब ८८ करोडको सरेण्डर गर्नु परेको छ । हाल कुल कायम पोलिसी संख्या र सरेण्डर भएको संख्यालाई हेर्ने हो भने ०.५५ प्रतिशत मात्रै पोलिसी सरेण्डर भएको छ । तेस्रो धेरै सरेण्डर हिमालयन लाइफमा रहेको छ । हिमालयन लाइफमा २ अर्ब ६ करोडको सरेण्डर हुँदा कुल कायम पोलिसी संख्या र सरेण्डर भएको संख्याको अनुपातमा ०.५० प्रतिशत रहेको छ । 

पोलिसी सरेण्डर संख्या र कुल कायम पोलिसी संख्याको अनुपातमा सरेण्डरको हिस्सा 

जसमा सर्वाधिक धेरै राष्ट्रिय बीमा संस्थानको १.५९ प्रतिशत छ । त्यस्तै दोस्रो नम्बरमा एलआइसी नेपालको ०.५५ प्रतिशत पोलिसी सरेण्डर भएको छ भने तेस्रो नम्बरमा नेपाल लाइफको ०.५१ प्रतिशत पोलिसी सरेण्डर भएको देखिन्छ । कुल कायम जीवन बीमा पोलसीमा लघु, म्यादी र वैदेशिक रोजगार बीमालेख संख्या घटाएर अनुपान निकाल्दा पनि ०.५२ प्रतिशत पोलिसी सरेण्डर भएको देखिन्छ । यो संख्या नघटाइ हेर्दा भने ०.१४ प्रतिशत देखिन्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया