Nepal Life

सल्यानको दार्मा–५ मा असिनाले ७० घरपरिवारको हिउँदे बाली नष्ट

NMB Bank
  • BFIS News
  • 2026 Feb 25 17:32
सल्यानको दार्मा–५ मा असिनाले ७० घरपरिवारको हिउँदे बाली नष्ट
National Life

सल्यान, फागुन १३ गते । सल्यानको दार्मा गाउँपालिका–५ मा गएराति परेको असिनाले स्थानीय ७० घरपरिवारको हिउँदे बाली पूर्णरूपमा नष्ट भएको छ ।

Shikhar
NIMB

असिनापानीका कारण गहुँ, गेडागुडी, तोरी, तरकारीलगायत अन्य हिउँदे बालीमा व्यापक क्षति पुगेको जनाइएको छ । वाद्नेकी सिता खड्काका अनुसार असिना अत्यन्त ठूलो परिमाणमा परेको थियो र केही सेकेन्डमै खेतमा रहेको बाली सखाप भएको हो ।

“हामीले महिनौँ मेहनत गरेर रोपेका बाली अब खान योग्य छैनन् । यसले हाम्रो वर्षभरिको आम्दानी पूर्णरूपमा नष्ट गर्‍यो,” उहाँले भन्नुभयो ।

दार्मा–५ का किसान असिनापछि ठूलो आर्थिक क्षतिको सामना गरिरहेका छन् । वडा अध्यक्ष सुदीप केसीका अनुसार वडाका करिब ७० किसानको गहुँबालीमा क्षति पुगेको छ ।

उहाँले वाद्ने, उतिसेनी, जलजले र ढोलढुगा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको जानकारी दिनुभयो ।

दार्मा गाउँपालिकाले प्रभावित क्षेत्रको अनुगमन गरी बाली क्षतिको विवरण सङ्कलन गर्दै आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।

उतिसेनीका किसान सन्तोष केसीले पाक्नै लागेको बालीमा क्षति पुगेकाले तत्काल राहत व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । “राहतको व्यवस्था नभए दैनिकी टार्न गाह्रो हुनेछ,” उहाँले भन्नुभयो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया