Nepal Life

मर्जरको छोटो समयमै प्रभु महालक्ष्मीले पायो सिनर्जी, २१.८० % ले बीमा शुल्क बढाउन सफल

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Fri 18:41
मर्जरको छोटो समयमै प्रभु महालक्ष्मीले पायो सिनर्जी, २१.८० % ले बीमा शुल्क बढाउन सफल
Sanima Reliance

काठमाडौं । मर्जरमा गएका जीवन बीमा कम्पनीहरु मध्ये प्रभु महालक्ष्मी लाइफले सर्वाधिक धेरै व्यवसाय बढाउन सफल भएको छ । चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्क अनुसार प्रभु महालक्ष्मी लाइफको कुल बीमा शुल्क आर्जन २१.८० प्रतिशतले बढेको छ । जवकी यस अवधिमा बीमा क्षेत्रकै कुल बीमा शुल्क आर्जन ११.८५ प्रतिशतले मात्रै बढेको छ ।

NIMB

मर्जरमा गएका अन्य कम्पनीहरुको व्यवसायिक बृद्धिदर ऋणात्मक हुँदा प्रभु महालक्ष्मी लाइफले भने उल्लेख्य सुधार गरेको हो । अहिलेको समयमा नेपाल चरम आर्थिक मन्दीको पिडामा छ । समग्र अर्थतन्त्रमा मन्दी छाउदा बीमा व्यवसाय पनि प्रभावित देखिदै आएको छ । यस्तो अवस्थामा पनि कम्पनीले नविकरण बीमा शुल्क मार्फत आफुलाई अब्बल बनाउन सफल देखिएको हो । कम्पनीले मर्जर पछि नविकरण बीमा शुल्क आर्जनलाई विशेष जोड दिएको थियो । यसका साथै मर्जरका कारण असारको अन्तिम साता रोकिएका पोलिसी साउनमा जारी हुँदा कम्पनीले थप उर्जा पाएको हो । बीमा क्षेत्रकै सबै भन्दा पाका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराइको कौशलताले व्यवसायमा उल्लेख्य सुधार देखिएको हो । भट्टराई मर्जर किङका रुपमा परिचित छन् । उनले आफ्नो करिअरमा धेरै वटा मर्जर सफल बनाइसकेका छन् ।

मर्जर अगाडी नै उदाहरणीय अभ्यास गरेका भट्टराइले धेरै हदसम्म समस्याहरुलाई रोकथाम गर्दै आइरहेका छन् । मर्जर पछि सिनर्जी ल्याउन उनले कर्मचारीहरुलाई लगातार टार्गेट दिदै आएका छन् । तलब बराबर पनि व्यवसाय ल्याउन नसक्ने कर्मचारीहरुलाई उनले व्यवसायका लागि दवाव दिदा कतिपयले मिडियामै आएर आक्रोस पनि पोखेका छन् । दुई कम्पनीको संयुक्त कारोबार पछि दुबै कम्पनीका कर्मचारीहरुलाई परिचालन गरेर उनि कम्पनीलाई उत्कृष्ट बनाउने प्रयासमा छन् ।

कम्पनीले भदौ मसान्तसम्ममा ८२ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा साविकको प्रभु लाइफले २९ करोड ८० लाख रुपैयाँ र साविक महालक्ष्मी लाइफले २७ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । यसरी साविकका दुई कम्पनीको गत वर्षको भदौ महिनासम्मको कुल बीमा शुल्क आर्जन ६७ करोड ७२ लाख रुपैयाँ हुन आउछ । यस अवधिमा १२ करोड ५० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ भने ६९ करोड ९९ लाख रुपैयाँ नविकरण बीमा शुल्क रहेको छ । हाल सक्रिय बीमालेखको संख्या एक लाख ७४ हजार वटा छन् । 

गत आर्थिक वर्षमै मर्जरमा गएको अर्को जीवन बीमा कम्पनी हिमालयन लाइफको पनि व्यवसायिक बृद्धिदर ७.०२ प्रतिशत रहेको छ । साविकका तीन बीमा कम्पनीहरु प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफले गत वर्षको भदौ महिनामा २ अर्ब ७६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । मर्जर पछि बनेको हिमालयन लाइफले चालु आर्थिक वर्षको दुई महिनामा २ अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

मर्जरमा गएको अर्को जीवन बीमा कम्पनी सुर्यज्योति लाइफको भने ९.४७ प्रतिशतले व्यवसायमा चरम गिरावट देखिएको छ । साविक सूर्या लाइफ र ज्योति लाइफको गत वर्षको भदौ महिनाको व्यवसाय एक अर्ब ६५ करोड थियो । मर्जर पछि यस वर्षको पहिलो दुई महिनामा जम्ममा एक अर्ब ५५ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको छ । मर्जर पछि सुर्यज्योति लाइफमा भने सिनर्जी देखिएको छैन । आन्तरिक व्यवस्थापनदेखि लिएर विभिन्न कारणले गर्दा कम्पनीले राम्रो व्यवसाय गर्न सकेको छैन ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया