नेपाल सुनचाँदी व्यवसायी संघ: सुन प्रतितोला ५,६०० र चाँदी २४५ रुपैयाँले महँगियो
- BFIS News
- 2026 Mar 01 11:37
काठमाडौं, फागुन १७। नेपाली बजारमा आइतबार सुन र चाँदी दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला ५ हजार ६०० रुपैयाँले बढ्दा चाँदी पनि तोलामा २४५ रुपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन आइतबार प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार भने यही सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ। शुक्रबार तोलाको ५ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर ५ हजार ९८५ रुपैयाँ पुगेको संघले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)














प्रतिक्रिया