Nepal Life

सार्वजनिक बिदाका दिन पनि सर्वोच्च अदालत खुला रहने

NMB Bank
  • BFIS News
  • 2026 Mar 03 15:34
सार्वजनिक बिदाका दिन पनि सर्वोच्च अदालत खुला रहने
National Life

काठमाडौँ, फागुन १९ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक बिदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च अदालत, नेपाल खुला रहने भएको छ।

 

Shikhar
NIMB

विशेषगरी बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिन तोकिएको अवधिमा निश्चित समयका लागि सेवा सञ्चालन गरिने अदालतले जनाएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार फागुन २० देखि २३ गतेसम्म तथा फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ हुनेछ।

बन्दीप्रत्यक्षीकरणको रिट निवेदन व्यक्तिको व्यक्तिगत स्वतन्त्रता तथा मौलिक हकसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले सार्वजनिक बिदाका दिनसमेत सुनुवाइको व्यवस्था गरिएको अदालतले स्पष्ट पारेको छ। सम्बन्धित पक्षलाई तोकिएको समयमा उपस्थित भई प्रक्रिया अघि बढाउनसमेत आग्रह गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया